पहिलो पाईला मन्टेश्वरी स्कुलद्वारा निशुल्क स्वास्थ्य शिविर, ३ सय जना लाभान्वित
बिराटनगर : मोरङको सुन्दरहरैचा -५ मा रहेको पहिलो पाईला मन्टेश्वरी स्कुलद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।
पहिलो पाईला मन्टेश्वरी स्कुलको आयोजना तथा योगदान राष्ट्रको लागि मोरङ,स्मार्ट माइन्ड लनिङ्ग सेन्टर,अमरज्योति टोल विकास सस्था,दुलारी सरोकार मंच,नगर बाल संजाल सुन्दरहरैचा,सहकारी स्वास्थ्य केन्द्र त्रिवेणी, सुन्दरपुर स्वास्थ्य चौकी र लाइन्स इन्टरनेसनलको सह–आयोजनामा आइतबार सञ्चालन गरेको विशेषज्ञसहितको स्वास्थ्य शिविरमा करिव ३ सय जना सर्वसाधारणले स्वास्थ्य सेवा पाएका हुन्।
रामलाल गोल्छा आँखा अस्पताल र विराटनगर सामुदायिक डेन्टल क्लिनिक इटहरीको प्राबिधीक सहयोगमा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविरमा आँखा चेकजाँच,मोतिया बिन्दुको अप्रेशन,दन्त सेवा,सुगर प्रेसर चेकजाँच गरिएको पहिलो पाईला मन्टेश्वरी स्कुलका फाउन्डर तथा लाइन्स क्लव अफ बाँसबारीकी च्याटर प्रेसिडेन्ट संजु सिवाकोटीले जानकारी दिईन्।




