सुकुनामा सिगिङ्ग तथा डान्सिङ्ग आइडलको ५ प्रतियोगी ग्राण्ड फिनालेमा छनौट
एलएन गच्छदार / माघ २३ गते
मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा -१० मा रहेको नगरकै पहिचान बोकेको सुकुना माध्यमिक विधालयमा सुकुनामा सिगिङ्ग तथा डान्सिङ्ग आइडलको ५ प्रतियोगी ग्राण्ड फिनालेका लागि छनौट भएका छन् ।
सिगिङ्ग तर्फ जसिन आलम, आयुस्मा लिम्बु, डेनिस श्रेष्ठ , युनिक राई र नमन साह गरी ५ प्रतियोगीहरु ग्राण्ड फिनालेमा छनौट भएका छन भने डान्सिङ्ग आइडल तर्फ कनना श्रेष्ठ, सपना पौडेल, अन्जना मगर, लोइस्मा थापा, आयुसा श्रेष्ठ छनौट भएकी छिन ।
गायन तर्फ दुर्गा पराजुली र नृत्य तर्फ इश्वरीप्रसाद सिग्देलले निर्णायकको भूमिका खेलेका थिए भए ग्राण्ड फिनाले सरस्वती पुजाको अघिल्लो दिन अर्थात फागुन १ गते हुने निमित्त प्रध्यानाध्यापक राजेन्द्रले जनाएको छ ।
बिधालयको प्रतिमा पहिचान/ प्रस्फुटन, सास्कृक्तिक जगेर्ना र मनोरन्जनसरी सिकाई, भाईचाराको सम्बन्ध सिकाई, राष्ट्रिय स्तरका कलाकारको उत्पादनमा सहयोग, सामाजिक दायित्वसंगै उद्धेश्य लिएको कार्यक्रममा सिगिङ्ग तथा डान्सिङ्ग आइडल दुई छुट्टाछुट्टै विधामा प्रतियोगिता संचालन गरेको निमित्त प्रध्यानाध्यापक राजेन्द्र गिरीले बताएका छन् ।
कार्यक्रमको अवधारणा र सुरुवात सहित ज्ञानेन्द्र सुवेदीको संयोजकत्वमा खगेन्द्र रिजाल, अनिल थापा, यशोदा धमाल, अनिता गौतम, सुस्मिता निरौला, कामना श्रेष्ठ, दिपिका तामाङ्, अजयकुमार साह सदस्य रहेको सांस्कृतिक उपसमिति गठन गरेको हो ।




