हिमालयको ८ औं बार्षिक उत्सव मन्त्री जवेगुबाट उदघाटन

एलएन गच्छदार

फागुन २० गते

सुन्दरहरैंचा नगरपालिका वडा -१० मा रहेको हिमालय अंग्रेजी विद्यालयले आफ्नो ८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाएको छ ।

विद्यालयले वृहत साँस्कृतिक तथा सम्मान कार्यक्रम गर्दै वर्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । सो कार्यक्रमको उदघाटन कोशी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री कमल प्रसाद जवेगुले गर्नुभयो। मन्त्री जवेगुले अबको शिक्षा प्रणाली प्रविधि मैत्री हुनु पर्ने जोड दिनुभयो ।

नगर प्रमुख केदार प्रसाद गुरागाईं, नगर प्रवक्ता रोशन प्रसाद ढकाल, एन प्याबसन केन्द्रिय सचीव राजन छाराहाङ लगायतको उपस्थिति रहेको थियो ।

हिमालय अंग्रेजी बिधालयले अभिभावक लक्षित रहेर यस बर्षबाट आयोजना गरेको हिमालय प्यारेन्टस डान्स आइडलको सुरुवात गरेको छ । जसमा बिभिन्न चरण पार गर्दै टप ५ मा आफ्नो नाम अटाउन सफल अभिभावकको प्रतियोगितात्मक कार्यक्रममा सिला राई प्रथम भएकी छिन । राईले “नाच्न त खासै जान्दिन” बोलको गीतमा नृत्य प्रस्तुत गर्नुभयो  ।

शनिबार हिमालयको आठौँ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा सो प्रतियोगिताको संचालन गरेको थियो । त्यसै गरी तिर्सना सुबेदीले दोस्रो स्थानमा र रोशनी अधिकारीले तेस्रो स्थानमा हासिल गर्नुभयो  ।

सो अबसरमा बिधालयका प्रिन्सिपल कमल खनालले प्रमाण पत्र, मेडल, ट्रफी सहित बिजेता हुने प्रथम, दोस्रो र तेस्रोलाई बितरण गर्नुभयो  । गराउनुभएको छ ।

प्रिन्सिपल खनालले भौतिक पूर्वाधार विकास मानव सभ्यताको विकास क्रममा शिक्षाको नै अहम् भूमिका खेलेको भन्दै विद्यालयले दिने शिक्षा र संस्कारले विद्यार्थीको भविष्य निर्धारण हुने उल्लेख गर्नुभयो  ।

साथै बिधार्थी डान्स आइडल सिजन तेस्रो समेत गरिएको थियो भने उत्कृष्ट बिधार्थी, शिक्षक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम लगायत बिबिध साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *