पुर्वाञ्चल एकेडेमीमा पुर्व बिधार्थिद्धारा १ लाख १ हजारको अक्षय कोष स्थापना

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा ६ मा रहेको पुर्वान्चल एकेडेमीका पुर्व बिधार्थिले आफ्नो १५ औं अभिभावक दिवसको अवसरमा १ लाख १ हजार बराबरको अक्षयकोष स्थापना गरेका छन्। पुर्वबिधार्थीहरु पुर्व बिधार्थी मंच खडा गरेर सो कोषको स्थापना गरेको हो भने जेहेन्दार र गरिब विधार्थीलाई सो कोषबाट आर्जन गरेको रकमले छात्रवृति प्रदान गर्ने प्रिन्सिपल दिपेन राइले बताए ।

२ दिन सम्म चलेको उक्त कार्यक्रममा पहिलो दिन समाजिक उतरदायित्व बहन गर्दै बिधार्थी मंचको आयोजनामा पुर्व बिधार्थी मिलन कार्यक्रम साथै रेडक्रस सोसाइटी बिराटनगरको सहकार्यमा रक्तदान कार्यक्रम गरी ५३ प्रिन्ट रगत संकलन गरेको थियो।

१५ औं अभिभावक दिवसको दिन नगर प्रमुख केदार प्रसाद गुरागाईंको बाहुलीबाट दिप प्रज्वलन संगै उदघाटन भएको सो कार्यक्रमा मिस्टर एण्ड मिस आइकन , डान्सिङ आइडल, सिङगिङ आइडल , लिटल आइकन, स्पिच आइडल, ह्यान्डिक्राफ्ट आइडल, ड्रइङ्ग आइडल कार्यक्रमको मुख्य आकर्षण रहेको थियो। उक्त अवसरमा बिबिध आन्तरिक प्रतियोगितामा सम्पन्न बिधार्थिलाई पुरस्कार तथा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार समेत बितरण गरेको थियो। ।

दोस्रो दिनको कार्यक्रममा पुर्व बिद्यार्थी सम्मान ,समाजमा उल्लेखनीय योगदान पुर्याउने बौद्धिक ब्यक्तित्व तथा जेष्ठ अभिभावाकलाई सम्मान गरेको थियो । सोही अवसरमा उत्कृष्ट शिक्षक, कर्मचारी तथा अभिभावकलाई समेत सम्मान गर्ने भएको थियो । १५ जना अभिभावकलाई गोलाप्रथाको माध्यमबाट पुरस्कार प्रदान गरिएको थियो ।

अनुशासित र पारिवारीक वातावरणमा पढाई हुने भौतिक पूर्वाधारले सम्पन्न सुन्दरहरैंचाको गौरव बोकेको यस विद्यालयमा आफ्नो नानीबाबुहरूलाई जुन आशा र भरोसाले ल्याउनु भएको छ, त्यो भरोसालाई कायम राखेको बिधालय अध्यक्ष बलबहादुर खरेलले बताए। साथै आर्थिक अबस्था कमजोर भएको विधार्थीलाई सहुलियत समेत दिदै आएको छ।

शैक्षिक क्षेत्रमा मात्र होइन अतिरिक्त क्षेत्र लगायत उत्कृष्ट रहेको बिधालयले अभिभावकक मन जित्न सफल भएकोले अभिभावक आशा सुब्बाले आफ्ना नानीलाई भर्ना गरेको तर्क प्रस्तुत गरीन ।

बिंस २०६५ सालमा स्थापना भएको उक्त बिधालय प्ले ग्रुप देखि कक्षा १० सम्म संचालनमा रहेको छ। उक्त बिधालयलमा ४६ शिक्षक र कर्मचारी छन भने बिद्यार्थी ८ सय संख्यामा रहेका छन।

प्याब्सन सल्लाहकार सुन्दरहरैंचाका देबी सिटौला, वडा नं. ६ अध्यक्ष सन्तोष लिंदेन, वडा ५ का अध्यक्ष गणेश चौधरी , शिक्षाप्रेमी, अभिभावक लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *