१४ औं बार्षिक उत्सव मनाउन पुर्वान्चल पब्लिक स्कुलको भब्य तयारी

सुन्दरहरैंचाको उत्कृष्ट र नमुना विद्यालय मध्ये एक हो पुर्वान्च पब्लिक स्कुल ।
सुन्दरहरैंचा नगरपालिका वडा -५ मा रहेको सो बिधालयले आफ्नो १४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाउने भएको छ। यसको लागि अन्तिम तयारी चरणमा पुगेको बिधालय प्रिन्सिपल सन्तोष कुमार राईले बताए।

चैत्र १० र ११ गते २ दिन सम्म मनाउने उक्त अवसरमा पहिलो दिन समाजिक उतरदायित्व बहन गर्दै नोबेल मेडिकल कलेजको प्राबिधिक सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर हुनेछ ।
दोस्रो दिनको कार्यक्रममा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार बितरण , पुर्व बिद्यार्थी सम्मान , पत्रकारिता क्षेत्रमा सुन्दरहरैंचामा कृयाशिल रहेर काम गर्ने पत्रकार , समाजमा उल्लेखनीय योगदान पुर्याउने बौद्धिक ब्यक्तित्वलाई सम्मान गर्ने भएको छ। सोही अवसरमा उत्कृष्ट शिक्षक, कर्मचारी तथा अभिभावकलाई समेत सम्मान गर्ने भएको छ।

बिधालय प्रिन्सिपल सन्तोष कुमार राई तस्वीर एलएन गच्छदार

उक्त कार्यक्रममा बिबिध सांस्कृतिक तथा नाटक मन्चन समेत रहने बिधालय अध्यक्ष मोहन ढकालले बताए।

शैक्षिक क्षेत्रमा मात्र होइन अतिरिक्त क्षेत्र लगायत उत्कृष्ट रहेको बिधालयले अभिभावकक मन जित्न सफल भएको छ।
उक्त बिद्यालयमा शिक्षक तथा कर्मचारी गरी ४५ जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको छ भने बिधालयले ६ सय २५ जना बिद्यार्थीको भबिष्य कोर्दैछ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *