७ औं अभिभावक दिवस मनाए सुन्दरहरैंचाको लाइट गार्डेन एकेडेमी
मोरङको सुन्दरहरैचा नगरपालिका वडा -९ बुधबारेमा रहेको एक बिधालय लाइट गाडेन एकेडेमी मन्टेश्वरी स्कुले आफ्नो ७ औं अभिभावक दिवस भब्यताका साथ मनाएको छ।
लाइफ गाडेन एकेडेमी मन्टेश्वरी स्कुलका प्रिन्सिपल ऋषिराम पाठकको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सो वडाका अध्यक्ष प्रकाश श्रेष्ठले कार्यक्रम समुदघाटन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्रेष्ठले सो एकेडेमीको आफू समेत अभिभावक रहेको भन्दै शुभकामना मन्तव्यको क्रममा स-साना बालबालिका प्रस्तुति प्रति प्रशंसा गर्दै बालबालिकालाई उनिहरुको मनौबिज्ञान बुझेर सिकानु सहज नभएको भन्दै शिक्षिकाहरुलाई धन्यवाद दिदै आफ्ना भनाई राखेका थिए।

साथै एकेडेमीका शिक्षिकाको प्रस्तुतिले सबैको ध्यान खिचेको थियो भने बालबालिका प्रस्तुतिमा रम्दै अभिभावकले समेत आफ्ना प्रस्तुति देखाउने अवसर पाएका थिए।
उक्त कार्यक्रममा आगन्तुक प्रमुख अतिथीको रुपमा सभागी जनाएका नगर प्रमुख केदार प्रसाद गुरागाईंले बिधालयको सामुदायिक र निजि गरि सुन्दरहरैंचामा ९० भन्दा बढी बिधालय रहेको र मन्टेश्वरी गरि १ सय ५० को हराहारीमा रहेको बताए।

बिबिध सांस्कृतिक कार्यक्रम साथै बालबालिकाद्धारा सन्देश मुलक नाटक समेत मन्चन गरेको थियो।
उक्त अवसरमा बिद्यार्थी प्रतिभा र बिबिध अतिरिक्त बिधामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो। अभिभावकहरुबाट उत्कृष्ट अभिभाबमा साधना भट्टराई र सबिता गौतम तथा उत्कृष्ट शिक्षकको रुपमा अस्मिता खवास र बिपना थापालाई समेत पुरकृत गरिएको थियो।
एकेडेमीले कार्यक्रमको अन्त्यमा नयाँ भर्ना भएका प्लेग्रुप र नर्सरीका बालबालिकलाई स्वागत कार्यक्रम गरेको शिक्षिका सुनिता खरेलले बताइन।

छोटो समयमा अभिभावकको मन जित्न सफल रहेको मन्टेश्वरीमा शिक्षक १३ जना र बिद्यार्थी १ सय ५ जना रहेका छ्न । प्लेग्रुपदेखि कक्षा ४ सम्म संचालनमा रहेकोमा ५ सम्म मात्र बढाउने र मन्टेश्वरी पद्धतिमा पठपाठन गराउने र प्रबिधी मैत्रीसंग जोड्ने साथै गुणस्तरीय पद्धति खेलबिधिमा सिकाइ थलो बनाउने प्रिन्सिपल पाठकले बताए।
अतिथिलाई मायाको चिनो र खादाले स्वागत गरेको थियो।
झरना युवा कल्बका अध्यक्ष प्रलाहद पाठक, समाजसेवी, अभिभावक लगायतको उपस्थिति रहेको थियो।
