सामाजिक उतरादायित्व निर्बाह गर्दै पुर्वाञ्चल पब्लिकको स्वास्थ्य शिविर

बिद्यालयले पढाउने मात्र होइन सामाजिक उतरादायित्व समेत निर्बाह गर्छ भन्ने ज्वलन्त उदाहरण समेत प्रस्तुत गरेको छ।मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा -५ मा रहेको एक निजि बिद्यालय पुर्वाञ्चल पब्लिक स्कुलले पढाउने मात्र होइन बालबालिका, बिधार्थी, अभिबाबक र बिपन्न बर्ग जो स्वास्थ्यको पहुँचबाट वञ्चित छन् उनीहरुको स्वास्थ्य प्रति जागरुप र सचेत बन्न निशुल्क स्वास्थ शिविर समेत संचालन गरेको छ।


शैक्षिक गतिविधि संगै समाजिक गतिविधिलाई निरन्तरता दिदै समाजिक उतरदायित्व बहन संगै पुर्वान्चल पब्लिकले गत बर्ष झै यस बर्ष पनि बृहत नि:शुल्क स्वास्थ शिविर संचालन गरेको छ भने १४ औं अभिभावक दिवस तथा बार्षिक उत्सवको उपलक्ष्यमा पहिलो दिनमा नि:शुल्क शिबिर गरेको हो।

गत बर्ष झैँ यस वर्ष पनि विद्यालयले निशुल्क स्वास्थ्य शिबिर गर्दै नोबेल मेडिकल कलेजको प्राबिधिक सहकार्यमा संचालन गर्दै एक हजार भन्दा बढी व्यक्तिले स्वास्थ्य लाभ लिएका छन्। यस स्कुलको स्थापना काल देखि नै स्वास्थ्य शिबिर गर्दै आएको र बार्षिक कार्ययोजना अनुसार काम गरि आयोजना गरेको विद्यालयका प्रिन्सिपल सन्तोष कुमार राईले बताए।

वरिष्ठ फिजिसियन, आँखा, नाक, कान तथा घांटी, दाँत सम्बन्धि, यौन तथा छाला रोग, स्त्री तथा प्रसुती लगायतको रोगका लागि नि:शुल्क परिक्षण सेवा दिएको थियो। त्यसै गरी इसिजी , रगत, दिशा, पिसाब जांच , भिडयो ए-सरे लगायतको जाँचमा समेत नि:शुल्क गरेको थियो।

हस्पिटल सम्म स्वास्थ्य उपचार गर्न नसक्ने बिरामीको हकमा शिविर उपलब्धिमुलक रहेको विद्यालयका अध्यक्ष मोहन ढकालले बताए।यस किसिमको स्वास्थ्य शिबिरमा निशुल्क परिक्षण गर्न आएका बिरामीले राहत पाउँदा बिद्यालयले समाज प्रतिको उतारादायित्व निर्वाह गरेको प्रति स्थानियले खुसी व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *