प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट नै ह्याकरकाे कब्जामा , समाधानको प्रयास जारी

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक ट्वीटर अकाउन्टमा समस्या देखिएको छ। बुधबार साँझदेखि प्रधानमन्त्रीको ट्वीटर अकाउन्टमा समस्या आएको हो।प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणका अनुसार अकाउन्टमा समस्या आएपछि समाधानको प्रयास भइरहेको छ।

‘हिजो बेलुकाबाट समस्या आएको हो। हाम्रो प्राविधिक आइटी टिमले हेरिरहेको छ,’ शर्माले नेपालखबरसँग भने। प्रधानमन्त्रीको ट्वीटर अकाउन्टबाट असम्बन्धित ट्वीटहरू रिट्वीट भइरहेको छ। अहिले समाधानको प्रयास भइरहेको छ। यसअघि प्रधानमन्त्री निर्वाचित भएको ४ दिनपछि अर्थात् १४ पुसमा पनि उनको अकाउन्ट लक्ड भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *