राष्ट्रपतिको उम्मेदवारबारे निर्णय लिन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रपतिको उम्मेदवारबारे निर्णय लिन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज (बिहीबार) बिहान ११ बजेबाट शुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बुधवार भएको भेटमा निर्वाचन अघिको गठबन्धन व्यूँताउने समझदारी भएपछि उत्साहित कांग्रेसले आज बस्ने कार्यकारिणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ ।

नाम भने बैठकबाट सार्वजनिक नगरिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत देखिएका छन् । हिजोको वैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पुरानो गठबन्धन व्यूँताउनेबारे प्रस्ताव गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गर्ने बताएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ