प्रथम थारु माघी महोत्सवमा’ उत्साहजनक सहभागिता, आज मेलिना राईको प्रस्तुति

एलएन गच्छदार / सुन्दरहरैँचा

मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा माघ १ गते देखि माघ ७ गतेसम्म ‘प्रथम थारु माघी महोत्सव’ संचालनको समयाबधि बढाएर माघ १२ सम्म पुर्याएको छ । उत्साहजनक सहभागिता र दर्शक कलाकार र स्थानीय सरोकारवालाको माया पाएपछि उद्धेश्यअनुरुप लक्ष्यमा पुग्ने महासचिव बलिराम चौधरी बताउछन।
सो नगरपालिकाको वडा -४ हवेली टोल (दुलारी ) मा जारी प्रथम थारु माघी महोत्सवमा बिहिबार अन्नु चौधरीले आउने भएपछी दर्शकको उत्साहजनक भिड रहेको थियो।
सुदुर पश्चिम कैलालीमा थारु समुदायमा जन्मिएकी अन्नुका लागि ‘गीत रेकर्डिङ गर्नु’ टाढाको कुरा थियो तर अहिले उनी नेपाली गीतसंगीतमै व्यस्त छिन् ।
संगीतमा भविष्य देखेकी अन्नु अझै राम्रा राम्रा गीतमा आफ्नो आवाज भरिरहन पाऊँ चाहना राख्छिन । उनलाई लाग्छ, अहिले आफ्नो सांगीतिक करिअरले जुन गति लिएको छ भविष्यमा यो भन्दा पनि राम्रो समय आउनेछ ।
त्यसै गरी राज कुश्मी र अन्जु कुश्मीको चर्चाले एकाएक माघी महोत्सवले दर्शक संख्या वृद्धि गरिदिएका छन। एलिना चौहान, तृष्णा गुरुङ, प्रिती पासवान, महेश काफ्ले लगायत कलाकारले प्रथम थारु माघी महोत्सवलाई तताएका छन्।

‘कृषि, उद्योग, व्यापार र पर्यटनको समृद्धि–सभ्यता पहिचानसहितको संस्कार र संस्कृति’ भन्ने मूल नाराका साथ आजदेखि महोत्सव सुरु भएको महोत्सवका संयोजक तेजनारायण चौधरीले जानकारी दिए।

आयोजक तर्फबाट सदस्य दुर्गा चौधरीका अनुसार महोत्सवमा थारू खानपिन, परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, प्रदर्शनीलगायत रहेको बताउदै सुन्दरहरैंचाको थारु समुदायको जीवन शैली र संस्कार र संकृतिलाई राष्ट्रिय स्तरमा पुर्याएको प्रति गर्व गर्छिन।


थारु कल्याणकारिणी सभा सुन्दरहरैंचा नगर अध्यक्ष बिलट चौधरीले माघेसङ्क्रान्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी थारू संस्कृतिको संरक्षण, सम्वर्द्धन साथै प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बताए। “
बिहिबार अन्नु चौधरीको सांगीतिक प्रस्तुति हेर्न पुगेकी नगर उपप्रमुख अकली चौधरीले कार्यक्रम सफलताको शुभकामना दिदैं थारु समुदायको संस्कृति थारुको खास पहिचान हो यसलाई बचाउन अब युवा पुस्ताले रचनात्मक भूमिका खेल्नु पर्ने जोड दिएकी छिन।
थारू सांस्कृतिक सङ्ग्रहालय स्थापना गर्न स्थानीय सरकारकोतर्फबाट सहयोग र आवश्यक समन्वय गरि नगरपालिकाले सांस्कृतिक सङ्ग्रहालयको जग्गा घेराबारका लागि रु १० लाख बजेट छुट्याएर काम सम्पन्न भएको जनाउँदै सङ्ग्रहालय निर्माणका लागि थप रु २० लाख बजेट छुट्याएको उनले उल्लेख गरिन् ।

महोत्सवले थारू जातिको संस्कार, संस्कृति, सभ्यता चिनाउनुका साथै भावी पिँढीका लागि पुरातात्यिक सम्पदा पहिचान गराउने उद्देश्यले स्थापित थारू सङ्ग्रहालयले महोत्सवबाट आम्दानी भएको रकमलाई थारू सांस्कृतिक सङ्ग्रहालयको भवन निर्माणसहित आवश्यक सामग्रीको खरिद गर्ने योजना बनाएकोले नगरले समेत सहयोगी भूमिका निर्वाह गरेको छ।

सह आयोजक रहेको सुन्दरदुलारी उधोग बाणिज्य संघका अध्यक्ष जीवन प्रसाद डुंगानाले माघी महोत्सवलाई सफल बनाउनु र यस क्षेत्रको गरिमामयलाई कायम गर्न महोत्सवले ठुलो भूमिका खेलेको बताए । आजाको प्रस्तुति मेलिना राईको रहने आयोजकले जनाएको छ .

Leave a Reply

Your email address will not be published. Required fields are marked *