सुन्दरहरैंचा प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता उपाधि सिद्धार्थ सेकेण्डरी


एलएन गच्छदार / सुन्दरहरैंचा

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति सुन्दरहरैंचा ( प्याब्सन) द्वारा तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल टुर्नामेन्ट अन्तर्गतको खेलमा मोरंग सुन्दरहरैंचा नगरपालिका वडा -१० मा रहेको सिद्धार्थ सेकेण्डरी स्कुल विजयी भएका छन् ।
सुन्दरहरैंचा नगरपालिका वडा -१ मा रहेको हात्तिसार खेलमैदानमा सञ्चालित उक्त टुर्नामेन्ट खेलमा शुक्रबार भएको खेलमा स्कोलर्स होमलाई २ -० पराजित गर्दै सिद्धार्थले बिजयी हासिल गरेको हो।
सो अवसरमा प्रमुख अतिथि रहेका नगर प्रमुख केदार प्रसाद गुरागाईंले विद्यालय स्तरबाट नै फुटबल खेलको विकास गर्न र यस्ता प्रतियोगिताबाट हुने फुटबल सम्वन्धी गतिविधीले खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।

प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा लभ्ली एन्जल्सलाई सिद्धार्थले र माउन्ट मकालुलाई स्कोलर्स होमले पराजित गर्दै फाइलमा प्रवेश गरेको थियो भने
२० वटा निजि विधालयको सहभागिता रहेको नगर प्याबसन सचिव सुर्य दंगालले जानकारी दिए। प्रतियोगिताको विजेता तथा उपविजेताले ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए।
सुन्दरहरैंचा नगर कार्य समितिका अध्यक्ष दिपक क्षेत्रीले बल अफिसियलहरूलाई हस्तान्तरण गरी प्रतियोगिता प्रारम्भ भएको थियो। प्याबसन नगर अध्यक्ष क्षेत्रीले अनुशासित र स्वस्थ रहन, खेलकुदको प्रवद्र्धन गर्न , देश र समाजको विकास गर्न, भविष्यका कर्णधारहरुको बलियो जग निर्माण यस्ता प्रतियोगिताले खेलाडीको मनोबलमा उच्च राखेको बताए।
उक्त अवसरमा प्याब्सन नगर कार्य समिति, प्याबसन केन्द्र सचिव हेमन्त कार्की, प्रदेश उपाध्यक्ष अर्जुन बस्नेत, जिल्ला अध्यक्ष जगत बस्नेत, जिल्ला सह-सचिव दिपेन राई, नगर खेलकुद बिकास समिति सदस्य सचिव खडग श्रेष्ठ लगयातको उपथिती रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *