इटहरीमा अन्तर डोजाङ प्रतियोगिता सम्पन्न
इटहरीमा अन्तर डोजाङ प्रतियोगिता सम्पन्न भएको छ। इटहरी उपमहानगरपालिकाको सहकार्य तथा राजदेबी तेक्वान्दो डोजाङ्गको आयोजनामा सुरु भएको थियो।
आयोजक डोजाङ प्रमुख संतोष घिमिरेको अध्यक्षता भएको उक्त कार्यक्र २ दिन सम्म चलेको थियो। प्रतियोगितामा २ सय २५ जना महिला र पुरुष खेलाडीको सहभागी रहेको थियो भने १२ वटा अन्तर डोजाङले भाग लिएको थियो।
इटहरी उपमहानगरपालिका वडा २ का अध्यक्ष माधव कोइरालाले विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरेको थियो। उक्त खेल भने ब्राइटफ्युचर इंग्लिस स्कुलको प्राङ्गणमा सम्पन्न भएको थियो।





