इण्डो नेपाल फ्रेन्डसिप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि भारत आइसीपी जोगबनी

ब्रह्ममदेव यादव, विराटनगर

स्वस्थ जीवनको मुल आधार मेहनत र परिश्रम लगातार मुल नाराको साथ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइसीपी क्रिकेट क्लब विराटनगरले शनिवार आयोजना गरेको इण्डो नेपाल फ्रेन्डसिप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि भारत आइसीपी जोगबनीले जितेका छन् ।

नेपाल आइसीपी विराटनगर र भारत आइसीपी जोगबनी बिच मैत्रीपूर्ण इन्डो नेपाल फ्रेन्डसिप टि–२० क्रिकेत प्रतियोगिता आयोजना गरिएको थियो । जुन प्रतियोगिताको उपाधि भारत आइसीपी जोगबनीले जितेको हो । नेपाल आइसीपी विराटनगरको क्रिकेट मैदानमा टि–२० क्रिकेट प्रतियोगिताको आयोजना गरिएको थियो ।

विराटनगर भन्सार कार्यालयका निमित्त भन्सार प्रमुख भन्सार अधिकृत भीमराज लिम्बु, भारतीय कस्टम जोगबनीका असिस्टेन्ट कमिस्नर विकास श्रीवास्तव, विराटनगर भन्सार कार्यालयका अधिकृत विमल साह, प्रविण लिम्बु, फर्ष राई, गणेश पौडेल, सशस्त्र प्रहरी बल रानी गुल्मका प्रमुख डिएसपी ऋषिकेश राउत, जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेदप्रकाश जोशी, नेपाल कांग्रेस सूचना तथा संचार एवं प्रचार विभागका केन्द्रीय सदस्य राजु मास्के, कांग्रेस महिला नेत्री झुमा निरौला, टान्स नेपाल फेट सर्भिस आइसीपी विराटनगरका प्रबन्धक लक्ष्मी सुब्बा, आइसीपी क्रिकेट क्लब विराटनगरका अध्यक्ष राकेश ठाकुर, क्रिकेट प्रतियोगिताका संयोजक अरविन्द ठाकुरले विजेता र उपविजेता टिमलाई सिल्ड र प्रमाणपत्र वितरण गरेका थिए ।

विराटनगर भन्सार एजेन्ट संघका उपाध्यक्ष एवं विराटनगर भन्सार एजेन्ट संघमा कार्यरत एक मात्र महिला भन्सार एजेन्ट दीक्षा पौडेल (गुडिया) लाई अन्तर्राष्ट्रिय महिला दिवसकै दिन सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *