प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता -२०८१
पथरी भेट्रान्सले ट्राईबेकरमा सतिशाले भेट्रान्स केराबारी विरूद्ध ४- २ गोलको अन्तरमा पराजित गर्दै फाइनलमा प्रवेश
पथरी शनिश्चरे समाचारदाता, कार्तिक -१३ गते
मोरङको पथरी शनिश्चरेमा जारी प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा दुवै टिमबाट बराबरी गोल भएपछि ट्राइबेकर मार्फत पथरी शनिश्चरे भेट्रान्स ४-२ गोल अन्तरले फाइनलमा प्रवेश गरेको छ।
आयोजक पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लब केराबारी भेट्रान्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
पथरिशनिश्चरे वडा नम्बर- १ को जाँते मोडस्थित पथरी रङ्गशालामा सञ्चालन भैरहेको सो प्रतियोगिताको निर्धारित समयमा दुवै टिमबाट दुई- दुई गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।
आजको प्रतियोगिताबाट पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लबका डिफेन्डर अनिल चुडाल भेट्रान्स अफ दि म्याच घोषित भए। उनलाई शान्ति भुल्के सामुदायिक वनका अध्यक्ष कुलमणि गुरुङ , सामाजिक व्यक्तित्व तथा अभियान्ता प्रदिपकुमार राई, पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी प्रसाद आचार्य,पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लबका अध्यक्ष टिकाराम राईले संयुक्त रुपमा नगदसहित मिडल प्रदान गर्नुभयो।
भोलिको खेल आयोजक पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लब भर्सेज उर्लाबारी भेट्रान्स बिच हुने खेल कमिसार भिष्म न्यौपानेले जानकारी दिनुभयो।




