वडा नं १२ लाई सुन्दरहरैंचा क्रीकेट कपको उपाधि
सुन्दरहरैंचा । इन्द्रपुर क्रीकेट क्लबले आयोजना गरेको प्रथम वडास्तरिय क्रीकेट प्रतियोगिताको उपाधि सुन्दरहरैंचा नगरपालिका वडा नं १२ को टिमले हात पारेको छ ।
सुकुना बहुमुखी क्याम्पसको खेल मैदानना आयोजित प्रतियोगिताको फाइनल खेलमा वडा नं ९ लाई ८ विकेटले हराउदै वडा नं १२ ले उपाधी हात पारेको छ । टस जितेर व्याटिङ गरेको वडा नं ९ ले ११ ओभरमा अलआउट हुँदै ४० रन प्राप्त गरेको थियो ।
४१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको वडा नं १२ ले ७.२ ओभरमा उत्कृष्ट व्याटिङमा खेल सहजै जित्दै उपाधि चुम्न सफल भयो । फाइनल खेलको म्यान अफ द म्याच वडा नं १२ का होम पौडेल भए ।
प्रतियोगिताको बिजेतालाई सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकाल र नगर खेलकुद समितिका अध्यक्ष खड्कप्रसाद श्रेष्ठले ट्रफी तथा प्रमाणपत्र वितरण गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि सुन्दरहरैंचा नगरपालिका वडा नं ९ का अनोज पाठक, बेस्ट व्याट्सम्यान मोतिउर रेहमान, बेस्ट बलर एल्सन बिस्ट, र इमर्जिङ प्लेर साजिद आलम भएको आयोजक इन्द्रपुर क्रिेकेट क्लबका अध्यक्ष प्रमेन्द्र केसीले जानकारी दिएका छन ।






