चक्र राई स्मृति प्रतिष्ठानद्वारा तीज मिलन कार्यक्रम सम्पन्न
बिराटनगर : चक्र राई स्मृति प्रतिष्ठान मोरङ सुन्दरहरैचा ६ ले नेपाली महिलाहरुको महान चाड तीजको अवसरमा तीज मिलान कार्यक्रम सम्पन्न गरेको छ ।सुन्दरहरैचा ६ मा रहेको आदिवासी जनजाती भवनको सभाहलमा भएको कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका उपसभापति रमेशजङ्ग रायमाझीको प्रमुख आतिथ्यमा तीज मिलान सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति रायमाझीले तीजलाई महिला शसक्तिकरणको पर्वको रुपमा मनाउनु पर्ने बताएका थिए । उनले समयसँगै आएका परिवर्तनलाई आत्मसाथ गर्दै तीजका गीतबाट अझै चेतनाको विकास र महिला अधिकारको विस्तारमा टेवा पुर्याउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि तथा नेपाली कांग्रेस क्षेत्र नं ६ का सभापति देवराज तामांङ्ले आधुनिकता संगै तिजमा धेरै बिकृतिहरु पनि देखिएकोले त्यस्ता बिकृतिलाइ हटाउदै मौलिकताले भरिएको तीज कार्यक्रम गरेको भन्दै चक्र राई स्मृति प्रतिष्ठानलाई धन्यवाद दिएका थिए।






यस्तै कार्यक्रमा शुभकामना दिंदै वडा अध्यक्ष सन्तोष लिङ्देन तीजलाई भड्कीलो नबनाई कला, सस्कृति जोगाउँने अवसरको रुपमा मनाउन पर्नेमा जोड दिएका थिए । कार्यक्रमकी अध्यक्ष तथा चक्र राई स्मृति प्रतिष्ठानकी प्रमुख ज्ञान माया राईले कार्यक्रम समापन गर्दै विकृतिकाे रूपमा भन्दा सभ्य रूपमा मनाउदैँ तीजको गरिमा कायम राख्न आग्रह गरिन् ।
उनले तिजमा विकृति माैलाएकाे भन्दै संस्कृतिकाे संरक्षणमा सबै एकतावद्व गर्न तीज मिलान कार्यक्रम गरिएको बताईन्। उनले उपस्थित सबैलाई धन्यवाद ब्यक्त गरेकी थिईन । उपस्थित सबैले दर खाँदै विभिन्न धुनमा गित तथा नृत्य सहितको प्रस्तुतिद्धारा मनोरञ्जन गराएका थिए ।
कार्यक्रममा आयो तिजको रहर, नौमती बाजा खुल्ला नृत्य, चिटिक्कै भाछु रे भाकाका गितमा सहभागीहरुले नृत्य गरेका थिए । कार्यक्रमा नगर उपप्रमुख अकली चौधरी, जग्गादाता तुलसी राम भट्टराई,प्रतिष्ठानका सचिव दुर्गा प्रसाद भट्टराई लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको सहजीकरण रिता तामांङले गरेकी थिईन्।




