सुन्दरहरैंचा नगरपालिकामा रहेको पाथीभरा मन्दिर निर्माणका लागि ३० लाख भन्दा बढी दान संकलन
जेष्ठ ३ गते
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा ८ चन्द्रनगरमा रहेको पाथीभरा मन्दिर निर्माणका लागि ३० लाख भन्दा बढी दान संकलन भएको छ।
श्रीमद देवी भागवत नवाह ज्ञान महायज्ञबाट उक्त रकम ८ औं दिन सम्ममा संकलन भएको समारोह समितिका कोषाध्यक्ष जनक खत्रीले बताएका छन।
८ औं दिनको महायज्ञका दिन मुल समारोह समितिका अध्यक्ष गजेन्द्र भट्टराईको अगुवाईमा लाखबती दिप प्रज्वलन कार्यक्रम समेत सम्पन्न भएको छ।
आस्थाकि देवीको रुपमा लिएका पाथीभरामाताको दर्शन गर्न र कथा तथा संगीतमय भजन श्रवण गर्न विभिन्न जिल्लाबाट धर्मावलम्बीको उपस्थिति रहेको थियो।

उक्त मन्दिर निर्माणका लागि ८औ दिनमा मुलसमारोह समितिका अध्यक्ष भट्टराईले २ लाख ५० हजार , कोशी प्रदेशका निवर्तमान सांसद तथा मुल समारोह समितिका संयोजक लोक प्रसाद संग्रौलाले २ लाख दान गरेका छन ।
साथै उनकी धर्मपत्नी सावित्री संग्रौलाले १ लाख ५० हजार दान गरेकी छिन। भने संग्रौला पत्नी उक्त मन्दिर निर्माण समितिकी कोषाध्यक्ष समेत हुन।

उक्त मन्दिर निर्माणका लागि जारी नवाहा पुराणका लागि विभिन्न देशमा रहेका नेपालीबाट समेत दान संकलन प्राप्त भएको आयोजकले जनाएको छ।
उक्त पुराण भने बिहिवार बिबिध कार्यक्रम संगै समापन गरीने आयोजकले जनाएको छ। पुराण अबधिमा स्थानिय तह देखि प्रदेश , संघ लगायतका विशिष्ट ब्यक्तिको उपस्थित रहेको थियो।
