सिद्धार्थमा बिद्यार्थी परिषदका निर्वाचित प्रतिनिधिलाई पदस्थापन
स्थानीय तह निर्वाचनमा सम्भवतः मुुलुकका हरेक जसो नागरिकले मतदान गर्छन । मतदाता नामावली भएका नागरिकले आफ्नो मत अधिकार प्रयोग गर्दै आफूले चाहेको उम्मेदवारलाई चुने र जिताउछ्न ।
तर १८ वर्षमुनीका बालबालिकाले मतदान गर्न नपाउँने कानुनी व्यवस्था अनुसार उनीहरुले यो अवसर पाउदैनन । खास गरी विद्यालयमा अध्ययनरत बालबालिकाले मतदान गर्न पाउदैन ।
कोशी प्रदेशको नमुना बिद्यालयको रुपमा चिनिने सुन्दरहरैंचा नगरपालिकामाको मुटुमा रहेको सिद्धार्थ माध्यमिकमा बैशाख २९ गते विद्यालयले आफ्नै प्रङगणलाई मतदान स्थलमा परिणत गरियो र निर्वाचनकै शैलीमा मतदान सम्पन्न भयो ।
विद्यालयको क्याप्टेन, भाइस क्यापेटन र हाउँसको क्याप्टेन चयन गर्नका लागि भएको निर्वाचनमा करिब ५ सय २५ जना विद्यार्थीले सहभागी जनाए ।
उक्त बिधालयले निर्वाचित क्याप्टेन तथा भाइस क्यापटेन हाउँसको क्याप्टेन लगायत बिबिध बिद्याका क्लबमा मनोनीत विधार्थीलाई लाई एक कार्यक्रम गरि पदस्थान गरिएको छ। पदस्थापन कार्यक्रममा विधालयका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले निर्वाचित तथा मनोनित विधार्थीलाई नेतृत्वको दायित्व बोध गराउदैं ब्याच सहित पदभार ग्रहण गराएका छन ।
स्थानिय तहको निर्वाचन शैलीमा गरिएको बिद्यार्थी परिषदको निर्वाचनमा सिनियर तर्फ स्कुल अफ हेड युबसन बस्नेत, स्कुल अफ हेद गर्लमा प्रंशु घिमिरे निर्वाचित भएका थिए। त्यसै गरी डिपुटी हेड बोइजमा शुसान्त न्यौपाने, समपन्न दाहाल र अबि घिमिरे निर्वाचित भएका थिए भने डिपुटी हेड गर्ल्समा सेमिला राई, मेमोसा राई, प्रिन्सेस लिम्बु निर्वाचित भएकी छिन।
जुनियर तर्फ निर्वाचनमा स्कुल अफ हेड बोइमा नयन पौडेल गर्ल्समा स्तुति रुपाखेती र डेपुटी हेड बोइजमा जिबसन लुइँटेल र तिमोथी तमाङ् र डिपुटी हेड गलर्स तर्फ अग्रिमा मास्के र स्मारिका उराँव निर्वाचित भएकी छिन्।
बिधालयको वातावरणलाई बिद्यार्थी मैत्री बनाउन, नेतृत्वको बिकास गर्न , पढाइसंगै अतिरिक्त कृयाकलापलाई मजबुत बनाउन र बिद्यार्थीको चौतर्फी बिकास गर्नका लागि यसकिसिमको कार्यक्रम गरिएको संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले बताए।
विद्यार्थीलाई गोप्य मतदान, प्रतिनिधि छनोट प्रक्रिया, उमेदवारी घोषणा, चुनाव प्रचारप्रसार , आचारसंहिता, प्रतिबद्धतालगायतको बारेमा जानकारी गराई नेतृत्वदायी क्षमताको विकास गराउने उद्देश्यले विद्यार्थीबीच निर्वाचन गराई क्याप्टेन छानिएको हो । प्रक्रियागत निर्वाचन सम्बन्धिको जानकारी, नेतृत्व चयनमा जनचेतना सहीतको सृजनात्मक अभ्यासले प्रभावकारी भुमिका खेलेको प्रिन्सिपल बस्नेतले बताए । कक्षा ६ देखि १० सम्मका बिधार्थिले मताधिकार प्रयोग गरेका थिए भने एक बिद्यार्थी १ सिटको अबधारणा सिद्धार्थ बिधालयमा सबै बिद्यार्थी एउटा एउटा क्लबमा भाग लिन पाउने अनिवार्यता रहेको छ।
उक्त बिधालयमा प्लेग्रूप देखि कक्षा १२ सम्म पठनपाठन हुदै आएको छ भने कोशी प्रदेश र बागमती प्रदेशका बिभिन्न जिल्ला गरी जम्मा १ हजार ६ सय २५ जना बिधार्थी अध्ययनरत छन्।





