किरात मुन्दुम दर्शन प्रवचन तथा मुन्दुमी सांगीतिक कार्यक्रम सम्पन्न

एलएन गच्छदार

किरात मुन्दुम अध्ययन केन्द्र सुनसरी र मोरङ संयुक्त समन्वय समितिको आयोजना सुन्दरहरैंचा वडा -६ मा रहेको आदिबासी जनजाति भवनमा  आज शनिबार किरात मुन्दुम दर्शन प्रवचन तथा मुन्दुमी सांगीतिक कार्यक्रम सम्पन्न भएको छ।

किरातीको प्राचीन सांस्कृतिक इतिहास र साझा पहिचान नै मुन्दुम हो। त्यसैले मुन्दुम समग्र किरातीको आस्था एवं विश्वासको धरोहर मात्र होइन, समग्र पहिचानको स्रोत तथा आधार पनि हो। किराती जातिमा बहुभाषिक प्रचलन पाइन्छ। किरातीभित्र पर्ने राई जातिमा मात्रै २०औँ भाषिक समुदाय पाइन्छन्।

किरात मुन्दुम अध्ययन केन्द्रका केन्द्रिय  अध्यक्ष तथा वरिष्ठ गायक तथा संगितकार जितेन राईको प्रमुख आतिथ्यता कार्यक्रमको उदघाटन भएको थियो । प्रमुख अतिथि राई र किरात मुन्दुम अध्ययन केन्द्रका केन्द्रिय सह-सचिव तथा अधिवक्ता डा. शान्ति देवि राईले किरात मुन्दुम दर्शन, तिनचुला सम्बन्धि प्रवचन, मुन्दुम गितहरु प्रस्तुत गरेका थिए  ।

किरातहरुको मुन्दुम दर्शनको अवस्था, चिन्तन, ब्यापिकिकरण, प्रचार प्रसार, सवर्द्धन संरक्षण गर्नु हो भन्दै  किरात मुन्दुम अध्ययन केन्द्रका केन्द्रिय  अध्यक्ष तथा वरिष्ठ गायक तथा संगितकार जितेन राईले किरातहरुको पुरानो सनातन धर्म रहेको धारणा राखेका छन् । ‘मुन्दुम’ किरात राई जातिको धर्म, संस्कृति, इतिहास, भाषा, साहित्य, गीत संगीत तथा नाट्य परम्पराको समेत स्रोत हो । त्यसैले यी जातिको प्राचीन तथा मौलिक वाब्मय ‘मुन्दुम’ लोप हुनु भनेको उनीहरूको साँस्कृतिक आधार नै समाप्त हुनु हो । मुन्दुमभित्र राई जातिको आदिम भाषा, संस्कृति, दर्शन, चिन्तनमनन तथा अन्य समग्र पक्षको विवरण समेत प्राप्त गर्न सकिने धारणा प्रस्तुत गरे  ।

अन्य धर्म जानु भन्दा आफ्नो मौलिक धर्ममै कसरी रहने र सांस्कृतिक संकट आउँन नदिन र आफ्नै संस्कृति मान्ने गरी २०७५ साल देखि काम गर्दै आएको  किरात मुन्दुम अध्ययन केन्द्र समन्वय समिति मोरंग अध्यक्ष चित्र राईले जानकारी दिएका छन्  

सांस्कृतिक नृत्य संगै स्थानीय बालकलाकार कबिना राई,  कलाकार सिता आठपहरिया लगायतको प्रस्तुति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *