ग्रमथानमा कर्मचारी तथा जनप्रतिनिधिलाई क्षमता बिकास तालिम सम्पन्न

माघ ८ गते सोमबार

मोरंगको ग्रामथान गाउँपालिकामा ५दिने कर्मचारी तथा जनप्रतिनिधिलाई क्षमता बिकास तालिम सम्पन्न भएको छ  ।  जनचर्चा टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ प्रा.लिको आयोजना तथा ग्रामथान गाउँपालिकाको आर्थिक सहयोगमा क्षमता विकास तालिम सोमबार  सम्पन्न भएको हो  ।

तालिममा  बैठक ब्यबस्थापन प्रणाली, नेतृत्व बिकास, प्रभावकारी भाषण कला तथा उदघोषण, स्थानीय तहमा महिलाको सहभागिता तथा लैंगिक हिँसा समबन्धी कानुनी जानकारी , स्थानीय तहमा ऐन कानुन तथा कार्य बिधि निर्माण लगायतको बिषयमा तालिम दिएको कार्यक्रम संयोजक पार्वती गच्छदारले जानकारी दिनुभयो  ।

 सहभागी प्रशिक्षार्थीहरुलाई नेपाल जेसिजका प्रशिक्षक सेवक बजगाईं, नेपाल सरकारका आन्तरिक मामिला तथा कानुन अधिकृत सुनिल रेग्मी, नेपाल जेसिज बर्ष २०२३ का मास्टर टट  एलएन गच्छदार, महिला अधिकारकर्मी शोभा बजगाईंले तालिमको सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा पालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा कार्यालयका जनप्रतिनिधिहरु, स्वास्थ्य शाखा , कृषि शाखा, शिक्षा शाखा, सामाजिक शाखा, प्रशासन शाखा लगायत कार्यालयका प्रमुख तथा कर्मचारी गरी  ६५ जना भन्दा बढीको सहभागिता थियो ।

जनचर्चा टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ प्रा.लिका अध्यक्ष तथा प्रबन्धनिर्देशक एलएन गच्छदारको  अध्यक्षता तथा ग्रामथान गाउँपालिका उपाध्यक्ष गुनाबती देवी थारुको  प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष थारुले कर्मचारीहरुको दक्षता क्षमता र सेवा सहजतालाई दिगो बनाउन यस्ता तालिमले ठुलो योगदान दिने बताउनुभयो। क्षमता बिकास तालिममा सहभागी हुँदै उपाध्यक्ष थारुले तालिमले कर्मचारीहरुमा उत्प्रेरणा तथा पुनर्ताजगी दिने बताउनुभयो। उहाँले सिकेका कुरा व्यवहारमा लागु गर्न सके राष्ट्र र जनताको लागि सहजता हुने समेत बताउनुभयो।  

कार्यक्रममा सहभागी प्रशिक्षार्थिहरुलाई उत्प्रेरणा जगाउदै ग्रामथान गाउँपालिका  प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद भट्टराईले कर्मचारी र जनप्रतिनिधिमार्फत सेवाग्राहीले सहज रुपमा सेवा पाउन र सेवालाई थप चुस्त दुरुस्त बनाउन यस्तो तालिमले सहयोग पुर्याउने बिश्वास ब्यक्त गर्नुभयो। प्रशिक्षणमा सहभागीहरुलाई सिकाइले आफ्नो अनुभव दक्षता र रचनात्मक कार्य गर्न उत्प्रेरणा प्राप्त गर्न सो तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

सहजताको लागि सुशासन पारदर्शिता र जवाफदेहिताले जनतामा सेवा सहज बनाउने उल्लेख गर्दै गाउँपालिका  प्रमुख प्रशासकीय अधिकृत भट्टराईले कर्मचारी र जनप्रतिनिधि मिलि सेवाको भावले जनताको काम गर्नुपर्ने समेत बताउनुभयो।

त्यस्तै समापन समारोहलाई सम्बोधन गर्दै जनचर्चा टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ प्रा.लिका अध्यक्ष तथा प्रबन्धनिर्देशक एलएन गच्छदारले  तालिमबाट सिकेका सिप र ज्ञानले  पालिकाको बिकास र समृद्धिका लागि नीति नियम बनाउन र परिपालना गरि जनता सामु पुर्याउन जनप्रतिनिधि र कर्मचारीले  थप बिशेष भूमिका खेल्न सकिने उल्लेख गर्नुभयो।

तालिममा सम्पूर्ण जनप्रतिनिधी तथा कर्मचारीहरुलाई कार्यक्षमता र गुणस्तरीय अभिवृद्धिका लागि व्यवहारीक विषयवस्तु र स्वः रुपान्तरणका विधि प्रशिक्षण गरिएको थियो । सो अवसरमा सहभागी प्रशिक्षार्थीको तर्फबाट बोल्दै वडा ७ का अध्यक्ष बिरेन्द्र माझी, कार्यपालिका सदस्य सुमन चौधरी, गहनी देवी माझी थारुले तालिम उपलब्धिमुलक रहेको धारणा  प्रस्तुत गर्नुभयो । सो तालिम वडा ७ नेताचोकमा रहेको कल्याण नारी बिकास बहुउद्धेशीय सहकारी संस्था लिमिटेडको सभा हल माघ ४ गतेबाट सरु भएको थियो  ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ