खुल्ला कविता प्रतियाेगितामा क्वेष्ट माध्यमिक बिधालयकी छात्रा दिपांशु न्यौपाने प्रथम
सुन्दरहरैचा/ माघ ९ गते
सुन्दरहरैंचा नगरपालिकामा माध्यमिक बिधालय स्तरीय कबिता प्रतियोगितमा सलकपुरमा रहेको क्वेष्ट माध्यमिक विधालयमा अध्ययनरत छात्रा दिपांशु न्यौपाने प्रथम स्थान हासिल गरेकी छिन । सो नगरपालिकाको वडा ७ मा रहेको विराट साहित्य समाजकाे आयाेजनामा कविशिराेमणि लेखनाथ पाैड्यालकाे १४० औ जन्मजयन्तीका अवसरमा कबिता प्रतियोगिता संचालन गरेको थियो ।
त्यसैगरी प्रतियाेगितामा दोश्रो स्थानमा सुकुना माध्यमिक बिधालयका छात्र विशाल तिम्सिना , तृतीय स्थानमा सिद्वार्थ माध्यमिक विधालयकी छात्रा जिया क्षेत्री र शिक्षा निकेतन माध्यमिक विधालयकी पुजा माझी सान्त्वना भएका छिन । प्रतियाेगितामा विजेता कविहरूलाई क्रमश नगद रू ५ हजार ,४ हजार , ३ हजार र १ हजारका साथमा प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो । नगरका आठ वटा माध्यमिक बिधालयका १६ जना विद्यार्थीले सो प्रतियाेगितामा भाग लिएका थिए ।
सोमबार संचालन भएको सो प्रतियाेगिता पाैडेल वन्धु एकता समाज इन्द्रपुर तथा पाैडेल वंश प्रतिष्ठानले प्रायाेजनमा गरेको थियाे ।
कविता प्रतियाेगितामा नगर प्रमुख केदारप्रसाद गुरागाई प्रमुख आथित्यतामा संचालित प्रतियोगितामा नगर प्रमुख गुरागाईंले सम्बोधन गर्दै विद्यार्थी जिवनबाटै भाषा, कला र साहित्यमा रूचि बढाउँदै अघि बढ्न जरूरी रहेको बताएका छन । भाषा साहित्य र कलाकाे विकासका लागि नगरपालिकाले सहयाेग गर्ने उल्लेख गर्दै नगरमा प्राज्ञ प्रतिष्ठान गठनकाे लागि प्रकृया अगाडि बढेकाे नगर प्रमुख गुरागाई जानकारी दिएका छन ।