माघ ३० गते देखि सुन्दरहरैंचा विराट एक्स्पो -४

एलएन गच्छदार
सुन्दरहरैंचा उधोग बाणिज्य संघले आगामी माघ ३० गते देखि फागुण १० गते सम्म सुन्दरहरैंचा विराट एक्स्पो -४ गर्ने भएको छ । कृषि पर्यटन उधोग र ब्यापार: आर्थिक समृद्धिको मूल आधार भन्ने नारा सहित नेपाल उधोग बाणिज्य संघमा आबद्ध रहेको सुन्दरहरैंचा उधोग बाणिज्य संघले सार्वजनिक शौचालय निर्माण सहोगार्थ सहित विराटचोकमा हुने भएको छ।

सुन्दरहरैंचा विराट एक्स्पो -४ सुन्दरहरैंचाको इतिहासमै नयाँ अनुभव हुने एक्स्पो संयोजक भोलेश्वर दुलालले जानकारी दिनुहुदै सबैसंग  मौन समर्थनको सहयोग अपेक्षा सहित शहरको विकासमा थप उर्जा मिल्ने बताउनुभयो। संयोजक दुलालले सबै क्षेत्रको सहकार्यले मेला सफल हुने भन्दै यस क्षेत्रको गरिमा र प्रतिष्ठालाई बढाउन सबैसँग छलफल अन्तरक्रिया गरिने बताउनुभयो ।
यस पटक नयाँ प्रविधिबाट स्टल बनाउन लागिएको जनाउँदै ह्याङ्गरबाट डोम निर्माण गरी हावाहुरी र पानीले कुनै समस्या नहुने गरी स्टल बनाइने उहाँले जानकारी दिनुभयो ।

प्रदर्शनीको विशेष आकर्षकका रुपमा कृषि र कृषि प्रविधिहरू, औद्योगिक मिल मेसिनरी तथा प्रत्यक्ष उत्पादन मुद्दतीको प्रदर्शनी, आर्थिक एवं कृषि तथा औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरूमा नीतिगत छलफल, अनुभव आदान प्रदान, पर्यटकीय गन्तव्यको जानकारी , स्थानीय खानाका परिकारको व्यवसायिकरणका लागी खाना उत्सव रहने जनाएको छ ।

बहुउद्धेशिय अनुरुपको  परिकल्पना गर्दै ६० -७० वटा स्टल, एक्जिबेसन हल, सार्वजनिक सौचालय, योग शिविर, पार्किंग ब्यबस्थापन सहित कृषि तथा औद्योगिक प्रदर्शनी हुने उधोग बाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताउनुभयो। चिया समारोह कार्यक्रम गर्दै उत्तरी मोरंगको केन्द्रबिन्दु रहेको यस क्षेत्रमा १० वर्षका लागि भाडामा लिएको ३ बिघा जग्गा भित्र औधोगिक प्रदर्शनी केन्द्र स्थापना गर्ने उद्धेश्य बोकेको बताउनुभयो।

सो समारोहमा आयोजकलाई सीमित नाफा दिने, मिनी महोत्सवले ठेक्केदार कम्पनी मोटाउने र सुन्दरहरैंचाको पैसा बाहिरिने हुँदा सुन्दरहरैंचा नगरपालिकाले बिगत डेढ वर्षयता मिनी महोत्सवहरुको गर्न रोक लगाएको नगर प्रमुख केदार प्रसाद गुरागाईले बताउनुभयो। सुन्दरहरैंचा नगरपालिका बिगतका दिनमा व्यापार हिसाबका कारण लगाएको मेलाबाट २ करोड भन्दा बढी ठेकेदारले लाने गरेको हुँदा यस्ता मिनी मेलामामा नगरले पूर्णरुपमा रोकेको उल्लेख गर्नुभयो।

एक्स्पोमा ख्याति प्राप्त कलाकारहरु प्रस्तुति, खेलकुद, बाल उद्यान, मनोरञ्जन, अटो मोबाइल, कृषि, पर्यटन, व्यापारका साथै नयाँ प्रविधि एआईको प्रयोग र उपयोगबारे जानकारी गराउने स्टल समेत रहनेछ। नयाँ प्रविधिबाट स्टल बनाउन लागिएको जनाउँदै ह्याङ्गरबाट डोम निर्माण गरी हावाहुरी र पानीले कुनै समस्या नहुने गरी स्टल बनाइने आयोजकले जनाएको छ । साथै एक्स्पो संचालनका लागि तिब्ररुपमा काम भइरहेको बताइएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *