आफ्नी श्रीमतिको स्मृतिमा प्रवेशद्वार गेट निर्माण

एलएन गच्छदार / सुन्दरहरैंचा

सुन्दरहरैंचा नगरपालिका–४ गैरीटोलमा आफ्नो पत्निको स्मृतिमा गैरी टोल विकास संस्थाको प्रवेश गेट निर्माण गरिदिएका छ्न।

स्वर्गीय अरुलियादेवी मण्डलको स्मृतिमा पति लक्ष्मी मण्डलले सो प्रवेशद्धार गेट निर्माण गरेको हो। एक कार्यक्रम गरि सो वडाका अध्यक्ष कैलाश बस्नेतले प्रवेशद्धार गेटको बिधिवत पुजा गरेर उदघाटन गरेका छ्न।

गेट निर्माण भएपछी लक्ष्मी मण्डलको समाजिक योगदानको चर्चा गर्दै वडाले समेत आवश्यक प्राविधिक सहयोगी भुमिका निर्वाह गरेको अध्यक्ष बस्नेतले बताए। अध्यक्ष वस्नेतले स्थानीय सरकारले गर्नुपर्ने काम व्यक्तिले गरेको उल्लेख गर्दै सरकारलाई उर्जा मिलेको बताए ।

सो गेटको डिजाइन कला निर्माण डिमारेण्जेन शेर्पाले नि:शुल्क श्रमदान गरेका छन। सो अवसरमा परिकल्पनाकार तथा कलात्मक ढङ्गले निर्माण कार्यमा आफ्नो पसिना र श्रम खर्चेका शेर्पालाई सम्मान गरेको थियो। गत मंसिर २८ गते लक्ष्मी पत्निको सवारी दुर्घटनामा परि निधन भएको थियो।

गैरी टोल विकास संस्थाकी अध्यक्ष दुर्गा चौधरीले गेट निर्माण गरिदिनुहुने परिवारजनमा अभार प्रकट गर्दै समाजका निम्ति अतुलनीय योगदान दिएको बताइन । परिवारले गरेको सामाजिक कामको प्रचार–प्रसारले समाजमा सकारात्मक मनोबिज्ञान बिकास गर्न मद्धत पुग्ने उल्लेख गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *