सहारा नेपाल बिराटचोक सेवा केन्द्रको इकाइ साधारणसभा सम्पन्न
सहारा नेपाल बिराटचोक सेवा केन्द्रको इकाइ साधारणसभा सम्पन्न
एलएन गच्छदार / सुन्दरहरैंचा
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औं वार्षिक साधारणसभा सभा अन्तर्गत बिराटचोक सेवा केन्द्रको एकाइ सधारणसभा सम्पन्न भएको छ।
अगामी आर्थिक वर्षमा संस्थाको कार्यक्षेत्रभित्र रहेका सम्पूर्ण स्थानीय तहका सबै वडाहरुमा सेवा विस्तार गरी २ लाख २५ हजार सदस्य पुऱ्याउने, संस्थाको कार्यक्षेत्रभित्र रहेका कुल परिवार संख्याको ४० प्रतिशत परिवारमा वित्तीय सेवा पुऱ्याउने लक्ष्य लिएको छ।
त्यसै गरि संस्थाको शेयर पुँजी २ अर्ब, बचत १५ अर्ब र ऋण लगानी १४ अर्ब पुर्याउने, संस्थाको दिगोपनाका लागि कोषलाई बृद्धि गरी २ अर्ब पुर्याउने, संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरुलाई सामाजिक सुरक्षा योजनाअन्तर्गतका सेवा उपलब्ध गराउने लक्ष्य लिएको प्रतिवेदनमा उल्लेख छ।
सो अवसरमा लेखा सुपरिवेक्षण समिती प्रतिवेदन लेखा संयोजक उपेन्द्र प्रसाद ओलीले प्रस्तुत गर्दै ११ वटा जिल्लामा सेवा केन्द्र रहेको र १ लाख ७३ हजार २ सय ६५ जना रहेको बताए।
सो अवसरमा सहारा साकोसमा सदस्य रहेकी नरमाया श्रेष्ठले बुहारी बिनिता तमाङ्को असमाहिक निधन बापत १ लाख ८० हजार राहत स्वरुप प्राप्त गरेकी छिन ।
सहारा सकोसका प्रतिनिधि राम नारायण प्रधानले अगामी नीति तथा कार्यक्रमको बारे प्रस्तुत गरेका थिए।
संस्थामा कुल कर्मचारी २४१ महिला र पुरुष २८७ गरि ५२८ जना रहेका छन।
तत्कालीन चारपाने, अर्जुनधारा र घैलाडुब्बा गाविसहरुलाई कार्यक्षेत्र बनाई यो संस्थाले आफ्नो कारोबार सुरुवात गरेको सहकारीले साहु-महाजनहरुले चर्को ब्याजमा लगानी गर्ने, सर्वसाधारणले बैंकबाट सजिलै ऋण प्राप्त गर्न नसक्ने अवस्था र एक हजार रुपैयाँको नोट खुद्रा गर्न समेत नसकिने अवस्था रहेको अवस्थालाई सम्बोधन गर्ने उद्देश्यले महेन्द्रकुमार गिरीको सोच अनुरुप नरनाथ गिरी, र्गा भण्डारी लगायतको काठमाडौँमा भएको छलफलबाट २०५२ साल फागुन ११ गते भएको प्रारम्भिक मेलाबाट सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको हो ।
