न्युरो अस्पताल र पारस अस्पतालबीच चिकित्सा सेवामा साझेदारी

 

वीरेन्द्रकुमार साह, बिराटनगर
चिकित्सा सेवाको गुणस्तर र पहुँच सुधार गर्ने उद्देश्यले न्युरो कार्डियो मल्टिस्पेसियलिटी अस्पताल र पारस मल्टिस्पेसियलिटी अस्पताल प्रा.लि.बीच एक वर्षे समझदारीपत्र (एमओयू) हस्ताक्षर भएको छ।

सम्झौताअनुसार न्युरो अस्पतालले न्युरो तथा कार्डियोलोजी सर्जरीका लागि विशेषज्ञ सेवा प्रदान गर्नेछ। साथै, सिटी स्क्यान र एमआरआई सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, तथा न्युरो र मुटुको अपरेशन लगायतका विविध चिकित्सा सेवा दिने व्यवस्था गरिएको छ।

पारस अस्पतालका संचालक डा. सफिउर रहमानका अनुसार, पारस अस्पतालले बिरामी रेफरल तथा चिकित्सकीय अनुसन्धानमा न्युरो अस्पताललाई सहकार्य गर्नेछ। यस समझदारीले दुबै संस्थाबीच सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

पारस अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवाको सुविधा महत्त्वपूर्ण कदम भएको बताए। यस अवसरमा न्युरो अस्पतालका तर्फबाट राजेश भट्टराई र पारस अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले हस्ताक्षर गरे।

दुवै पक्षले हस्ताक्षर कार्यक्रममा यस समझदारीले देशको स्वास्थ्य क्षेत्रमा गुणस्तर र पहुँच सुधारमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *