अति विपन्न ऋषिदेव बस्तीका बच्चालाई शैक्षिक सामग्री वितरण

अति विपन्न ऋषिदेव बस्तीका बच्चालाई शैक्षिक सामग्री वितरण
ओपथरी शनिश्चरे, मंसिर ०८/
मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ को मुसहरघट्टामा पथरी जेसीजले जेसीज गाउँ घोषणा गर्दै ऋषिदेव बस्तीका बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ।
आज शनिबार जेसीज गाउँ राष्ट्रिय संयोजक सुमित्रा घिमिरे भट्टराईको प्रमुख आतिथ्यतामा पथरिशनिश्चरे वडा नम्बर ६ को मुसहरघट्टामा आज शनिबार एक कार्यक्रमबीच पथरी जेसीजले जेसीज सप्ताह सुरु गरेको हो।
पथरी जेसीजले आफ्नो जेसिस सप्ताहको पहिलो दिन अति विपन्न ऋषिदेव बस्तीका १५ घर परिवारका ३५ जना बालबालिकाहरुलाई कपी, बलपेन ,पेन्सिल लगायत शैक्षिक सामग्रीहरू प्रदान गरेको छ।
पथरी जेसीजले उक्त ऋषिदेव बस्तीलाई जेसिस गाउँ घोषणा गरी आगामी ७ वर्ष सम्म वडा नम्बर ६ को वडा कार्यालयसंग समन्वयमा सो अति विपन्न बस्तीको शिक्षा तथा सामाजिक विकासका लागि आगामी सन् २०३० मा विभिन्न कार्यक्रमहरू संचालन गर्ने घोषणा गरिएको पथरी जेसीज अध्यक्ष तथा जेसि आई सिनेटर राजकुमार विश्वकर्माले बताउनुभयो।
उद्घाटन कार्यक्रममा पथरिशनिश्चरे वडा नम्बर ६ का जनप्रतिनिधि वडाध्यक्ष कृष्णप्रसाद बस्नेत र पथरी जेसिजका अध्यक्ष राजकुमार विश्वकर्माले एक सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन्।
पथरी जेसीजका वर्ष -२०२४ तथा जेसीआई सेनेटर राजकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न उक्त ऋषि सप्ताह-२०८१ आगामी मङ्सिर १६ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
कार्यक्रमका प्रमुख अतिथि घिमिरे तथा वडाध्यक्ष बस्नेतसहित विभिन्न अतिथिहरूले पथरी जेसिजद्वारा निर्माण गरेको सोहि बस्तीको छेउ मुसरघट्टा पुलमा जेसिज गाउँ घोषणा लेखिएको बोर्ड अनावरण गर्नुभएको थियो।
आजैबाट पथरी जेसिजका कार्यकारणी उपाध्यक्ष जेसी नगेन्द्र बहादुर घिमिरेको संयोजकत्वमा उक्त जेसिज सप्ताह -२०८१ सुरू भएको पनि पथरी जेसिजकी महासचिव निर्मला भट्टराईले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *