ग्रामथानवासीलाई लालीपप होइन, सुशासन, बिकास र समृद्धिका लागि असल नेतृत्वको खाँचो

एलएन गच्छदार

सुन्दरहरैंचा / मङ्सिर ७ गते

मोरंगको ग्रामथान गाउँपालिकामा स्थानीय तहको उपनिर्वाचन नजिकिदै जाँदा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा लगायत विभिन्न दलका उम्मेदवार मतदाताका घरदैलोमा पुगेर चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् । सो क्रममा मतदातालाई चुनाव चिह्न र आफ्नो पार्टीको धारणाबारे उम्मेदवारहरूले प्रकाश पार्दै आएका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित भएका जय प्रकाश गच्छदार पालिका अध्यक्षको जिम्मेवारीमै रहेको अवस्थामा असमाहिक निधन भएपछि खालि हुन गएको ग्रामथानमा स्थानिय तहको उपनिर्वाचन परिणाम आ-आफ्ना दलहरुले बाजी मार्न यतिबेला जनताको घरघरमा पुगेका छन।

ग्रामथानको अवस्था कालोपत्रे सडक अत्यन्तै न्यून छ । लोहन्द्रा, जुडी र सिंगिया नदीको कारण यहाँका जनताले वर्षेनी कटान र बाढीको प्रकोप व्यहोर्नु परेको छ । फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइडको अभाव रहेको छ । शुद्ध पिउने पानी, सडक, बत्ती, ल्याण्डलाइन टेलिफोन जस्ता सेवाहरु पर्याप्त छैनन् । गाउँको सामाजिक, आर्थिक रुपान्तरण र भौतिक पूर्वाधार निर्माणमा समुदायको लागत सहभागिता अति न्यून छ । सामुदायिक विधालयहरुमा प्राविधिक शिक्षाको पठन – पाठन संचालन गर्न सकिएको छैन । मुख्य पेशाको रुपमा रहेको कृषिलाई आधुनिक तरिकाले व्यवसायिकरण गर्न सकिएको छैन ।

पालिकामा अव्यवास्थित बसोबास मुख्य चुनौतिका रुपमा रहेको छ भने नदी कटान र वर्षेनी आउने बाढी अर्को प्रमुख चुनौति हो । वर्षेनी ठूलो संख्यामा युवाशक्ति विदेश पलायन हुने गरेको छ । यसले गाउँको विकासमा प्रतिकूल प्रभाव पारेको छ । यसरी गाउँको सक्रिय जनसंख्या श्रम पलायनका कारण विदेशीने गरेको हुँदा कृषि पेशा नै संकटमा पर्ने खतरा बढेको छ । त्यसै गरी गरिबी, बेरोजगारी, अशिक्षा र अन्धपरम्परा यहाँको आर्थिक, सामाजिक र भौतिक विकासका लागि चुनौतिका रुपमा रहेका छन् । भूमिको समुचित व्यवस्थापन हुन नसक्नु अर्को चुनौतिको विषय हो । यहाँ खेतीपाती गर्ने मानिसहरुसँग अति कम जमीन छ भने बढी जमीन हुने मानिसले खेती गर्न छोड्दै गएका छन् । बढी जमीन हुने जमिनदारहरु कृषि पेशा छोडेर शहरतिर सर्ने परिपाटी बढ्दै गएको छ । शैक्षिक बरोजगारी समस्याको रुपमा वृद्धि भएको छ ।

यतिबेला गाउँघरमा चुनावी अभियानलाई तिब्रता पारेका उम्मेदवारहरु जनताको घर खेतबारीमै पुगेर मत मागिरहेका छन। चुनावी मैदान होमिएका दलहरु कसले बाजी मार्ला चुनावको मत परिमाणले बताउनेछन। जति जोगी आए कानै चिरे झैं यस भन्दाका अघिल्लो चुनाव देखाएको आश्वासन ग्रामथानका जनताले कति बिकासको अनुभूति पाए त् ? नपाएका धेरै गुनासोका  पोकाहरु छन ।

ग्रामथानको समृद्धि परिवर्तन र आशाका किरणको नारा लगाउने पार्टीहरु लालीपप देखाउने त् होइन्न ? कुनै दललले नमुना गाउँपालिकाको , स्मार्ट पालिका, नारा त ? कुनै  दलको धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने नारा संगै जनतासंग विश्वासको मत मागिरहेका छन। कसैले पहिचानवादीको नारा ?

दिवा-रात्रीकालिन प्रचार प्रसार गर्दै जनतामा भ्रम छर्ने बिभिन्न दलका नेताहरु आफ्ना पार्टीका उम्मेदवार जिताउने दाउमा छन ? यस भन्दा अघि स्थानीय, प्रदेश, संघिय सरकारमा पठाएका प्रतिनिधि समेत ग्रामथान गाउँपालिका बासिले जिताएर पठाए। जनताले साच्चै नै समृद्धि र विकासका सास फेरेका छन् त् ? एक पटक सोचौं , ग्रामथानवासीलाई लालीपप होइन, सुशासन, बिकास र समृद्धिका लागि असल नेतृत्वको खाँचो छ , कुनै स्वार्थ र दबाबमा होइन असल नेतृत्व कर्ता नै रोजौं।

गाउँपालिकाको मुहार फेर्ने र परिवर्तनको संवाहक, समृद्धि पथमा हाक्ने पालिका अध्यक्षको खाचो छ। मङ्सिर १६ गते उम्मेदवारहरुको भबिष्य कोर्ने दिन जनताको मतमा छ।

गाउँपालिकाको अध्यक्षमा १६ जनाले उम्मेदवारी 

गाउँपालिकाको अध्यक्षमा १६ जनाले उम्मेदवारी दिएका छन् । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि आइतबार एक जना स्वतन्त्रसहित १६ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा एमालेबाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार थारु, नेकपा (माओवादी केन्द्र) बाट नमोनारायण माझी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वासले उम्मेदवारी दिएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार, जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरी, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, जनता समाजवादी पार्टी नेपालबाट सुरेशकुमार राजवंशीले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास थारु, राप्रपा नेपालबाट राजु मुसहर र समावेशी समाजवादी पार्टीबाट बोधनारायण माझीले मनोनयन दर्ता गरेका छन् । यस्तै नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *