जनताको घरघरमा मत माग्न पुगेका राप्रपाका यूवा उम्मेदवार दिनेश थन्दार भन्छन – मत परिवर्तन गर्नुहोस, सेवा गर्ने अवसर दिनुहोस
एलएन गच्छदार/ सुन्दरहरैंचा
यति बेला मोरंगको ग्रामथाना गाउँपालिकामा उप निर्वाचनको लागि आफ्ना आफ्ना पार्टीले जनताको मत आफ्नो पकडमा पार्न घर्दैलो अभियानलाई तिब्र पारेका छन।
त्यसैगरी “भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो ” पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिंङ्देनको भनाई संगै नारा बोकेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी समेत घर्दैलो अभियान जुटेका छन । आफ्नो दलबाट निर्वाचनका लागि उम्मेदवारी दिएका सो पार्टिका युवा उम्मेदवार दिनेश कुमार थन्दार (दिवेश) समेत जनताको मत लिन घर घर पुग्दै बिश्वासको मत दिन आग्रह गरेका छ्न।
अगामी मंसिर १६ गते हुन गईरहेको स्थानीय तहको उपनिर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका युवा उम्मेदवार दिवस भन्छ्न “पार्टीलाई एक ढिक्का राख्न दोस्रो पुस्तामा नेतृत्वको जिम्मेवारी सारेर पहिलो पुस्ताको सम्मान र उचित व्यवस्थापन हुनु जरुरी आवश्यक छ। जुनुसुकै पार्टीमा आस्था भए पनि पार्टी भन्दा माथि उठेर मत परिवर्तन गरि आफुलाई सेवा गर्ने मौका दिनुहोस।” .
दिवस एक सक्षम युवा नेतृत्वकर्ता तथा युवाका ढुकढुकी हुन्, कुनै पनि व्यक्तिगत छविमा दाग नलागेको एक युवा हुन् जनताले मत परिवर्तन गर्ने बिषयमा आफुहरु ढुक्क रहेको बताउछन। राप्रपा भित्र केहि अन्य दलले भ्रम छरिरहेको बेलामा ग्रामथान गाउँपालिका पार्टी अध्यक्ष पखुलाल विश्वासले त्यसलाई चिर्दै राप्रपालाई निश्चय नै जिताउने दाउमा लागि परेका छन।
घरदैलो अभियान क्रममा आफ्ना उम्मेदवारलाई मत माग्न पुगेका राप्रपा केन्द्रीय सदस्य रमेश रिजाल (बिबेक ) ले भने -“राप्रपा पार्टी विधि र विधानको आधारमा प्रजातान्त्रिक पार्टीमा विधिको सम्मान गरेको गर्दछ ।” राम्रो उम्मेदवार रहेकोले जित आफ्नो पार्टीले हात पार्ने छन। नेपाली जनताले बुझेर मत हाल्ने छन।”
२०७९ सालको निर्वाचनमा गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसबाट जयप्रकाश गच्छदार निर्वाचित भएका थिए। उनको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो।





