ग्रामथानको अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवीनकुमार विश्वासको उम्मेदवारी
पढ्दै कमाउदै योजना बुनेका – राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार नबिन बिश्वास।
मोरङको ग्रामथान गाउँपालिकामा अगामी मंसिर १६ गते हुने स्थानिय तहको उप- निर्वाचनका लागी मोरङको ग्रामथान गाउँपालिकामा बिभिन्न राजनितिक दलहरुले मनोनयन दर्ता गरेका छन् ।
ग्रामथान गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले नवीनकुमार विश्वासलाई उम्मेदवार बनाएको छ । त्यहाँ रास्वपाका कार्यकर्ताहरू र्यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विश्वासले मनोनयन दर्ता गराइसकेका छन् ।
ग्रामथान गाउँपलिका अध्यक्ष जय प्रकाश गच्छदारको असमाहिक निधन पछि उप निर्वाचन हुन लागेको हो।
