नेपाली कांग्रेसका उम्मेदवार बलराम सरदारको उम्मेदवारी
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका नेपाली कांग्रेसका उम्मेदवार बलराम सरदारले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेस मोरङ जिल्लाका सूचना एवं प्रचार विभाग प्रमुख वीरेन्द्रकुमार साहका अनुसार सरदारले दिउँसो २ बजेर ४५ मिनेटमा उम्मेदवारी दर्ता गराएका हुन्।
उनको उम्मेदवारीमा ग्रामथान गाँउपालिका वडा नम्बर २ का गणेश लुइँटेल प्रस्तावक र गाँउपालिका–५ का वीरेन्द्रकुमार विश्वास समर्थक रहेका छ । गाँउपालिका–२ का सरदारलाई कार्तिक २२ गते कांग्रेसको जिल्ला संसदीय समितिले उम्मेदवार बनाउने निर्णय गरेको थियो।
२०७९ सालको निर्वाचनमा गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेस जयप्रकाश गच्छदार निर्वाचित भएका थिए। उनको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी मनोनयन दर्ताका लागि बिहान १० बजेबाट बेलुका ५ बजेसम्मको लागि समय तोकेको थियो ।
