प्रथम रंगटोली गोल्डकपमा घरेलु टिम ब्ल्याक डायमण्ड उपाधी जित्न सफल
एलएन गच्छदार
मोरङको ग्रामथानमा जारी प्रथम रंगटोली गोल्ड कपको उपाधी घरेलु टिम ब्ल्याक डायमण्डले पाएका छन । रंगटोली युवा क्ल्वले आयोजना गरेको सो गोल्डको कपको उप बिजेता बिराट मेघा स्पोर्ट्स एकेडमी भएका छ्न।
शुक्रबार ग्रामथान गाउँपालिका वडा -३ मा रहेको लक्ष्मी आधारभूतको खेलमैदानमा भएको फाइल खेलमा पहिलो गोल ब्ल्याक डायमण्डका तर्फबाट मिलन राईले १ गोल गरेका थिए। दोस्रो हाफमा खेल समाप्तिको थप समयमा बिराट मेघाको तर्फबाट हरी खवासले गोल गर्दा मुख्य रेफ्री अनिरुद्र खवासले मान्यता नदिएर फल लिन पुग्दा गोल बराबरी पार्न सकेन। घरेलु टिम ब्ल्याक डायमण्ड बिजेता घोषणा भएपछि सो फाइनल खेलमा बिराटका खेल समर्थक दर्शकले केही समय समान्य बिबाद तथा नाराबाजी समेत गरेका थिए।
सो फाइनल खेलमा आयोजक टिम ब्ल्याक डायामण्डका गोल रक्षक प्रमिजय गच्छदार बेष्ट गोल रंक्षक तथा बेष्ट प्लेयरको उपाधी पाए । त्यसैगरी आयोजक टिमबाट बेष्ट स्टाइगर मिलन राईले पाए। उप बिजेता बनेका बिराट मेघा स्पोर्ट्सका तर्फबाट बेस्ट मिड फिल्डरको उपाधि हरी खवासले पाए। सो खेलको राशी १ लाख १ हजार, मेडल, ट्रफी र प्रमाणपत्र बिजेता टिमले हात पारे भने उप बिजेताले ५१ हजार नगद तथा मेडल, ट्रफी र प्रमाणपत्र हात पारे। सो फाइनल खेलमा संघीय सांसद अमनलाल मोदी, कोशी प्रदेश सांसदद्धय जय प्रकाश चौधरी र भिम पराजुली संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए।





