सुशासन, विकास र समृद्धिको पथमा अघि बढाउँन जनताको घरदैलोमा पुग्दै बलराम सरदार थारु – ग्रामथान उपनिर्वाचन
एलएन गच्छदार / सुन्दरहरैंचा
नेपाली कांग्रेसबाट निर्वाचित भएका ग्रामथान गाउँपालिकामा पालिका अध्यक्ष जय प्रकाश गच्छदारको असमाहिक निधन पछि सो पदका लागि उप निर्वाचन हुँदैछ।
अगामी मंसिर १६ गते ग्रामथान गाउँपालिकामा उपनिर्वाचन मिति तय भएपछी नेपाली कांग्रेसले आफ्ना उम्मेदवारमा बलराम सरदार थारुलाई अघि सारेका छ्न।
यतिबेला अध्यक्ष पदका उम्मेदवार बलराम सरदार थारु जनताको मत र बिश्वास माग्न घर-घर पुगेका छन। सुशासन, विकास र समृद्धिको पथमा ग्रामथान गाउँपालिकालाई अगाडी बढाउन नेपाली कांग्रेसलाई जनताले भोट दिने बिषयमा आफुहरुलाई विश्वास रहेको उम्मेदवार बलराम सरदार थारुले बताए ।
चुनाबी अभियानमा होमिएका उम्मेदबार सरदारले शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन तथा सिपमुलक युवा स्वरोजगार कार्यक्रम लगायतलाई बिशेष प्राथमिकताका साथ अगाडी बढाउने बिषयमा जोड दिएका थिए ।
नेपाली कांग्रेस ग्रामथान चुुनाव प्रचार प्रसार समिति सहित सो पालिका अध्यक्ष पदका उमेदवार बलराम सरदार (थारु) ले स्थानीयसंग घर-दैलो गर्दै तिब्ररुपमा चुनावी अभियानलाई अघि बढाएको नेपाली कांग्रेस जिल्ला सचिव ललित बहादुर श्रेष्ठले बताएका छ्न । उहाँ कर्तब्यनिष्ट, इमान्दार, झुझारु सालिन ब्यक्तित्वका धनी एक बिकासप्रेमी नेता भएकोले जनताले आफ्नो अमुल्य मत दिएर न्याय गर्ने बताए। एउटा सक्षम उम्मेदवारलाई पार्टीले अघि सारेको र जनताले भारी मत दिने बिषयमा बिस्वस्त रहेको पार्टीका जिल्ला सचिव श्रेष्ठले बताए।
अघिल्लो निर्वाचनमा सो पालिकामा नेपाली कांग्रेसका उम्मेदवार स्व. जयप्रकाश गच्छदारले ७ हजार ६ सय ५ मत प्राप्त गरि पालिका अध्यक्षमा निर्वाचित भएका थिए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शिवनारायण माझीले ६ हजार ९३ मत प्राप्त गरेका थिए। भोलि मङ्सिर २ गते आइतबार उम्मेदवारको मनोनयन दर्ता गर्ने नेपाली कांग्रेस पार्टी ग्रामथान चुुनाव प्रचार प्रसार समिति जनाएको छ ।




