सहकारी संस्था लि. दुलारीको ३३ औं बार्षिक साधारणसभा सम्पन्न
एलएन गच्छदार
मोरङ सुन्दरहरैंचा नगरपालिका वडा -६ मा रहेको सहकारी संस्था लिमिटेड दुलारीको ३३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष चैतन्य प्रसाद सिटौलाको सभाध्यक्षता र मोरङ जिल्ला समन्वय समितिका अध्यक्ष अजम्बर राईको प्रमुख आतिथ्यता शुक्रवार आफ्नै सहकारीको प्राङ्गणमा सम्पन्न भएको हो।
सो साधारणसभामा संस्थाका अध्यक्ष चैतन्य प्रसाद सिटौलाले बार्षिक प्रगति विवरण, नीति तथा कार्यक्रन प्रतिवेदन प्रस्तुत गर्दै सेयर सदस्यहरुको सेवा र सुबिधाका लागि विधुतिय भुक्तानी सेवा क्यु आर कोड संचालनका बिनियमा सो दफालाई थप गर्ने बताए।
अध्यक्ष सिटौलाले सेयर पुँजी तथा सदस्य वृद्धि कार्यक्रम, निक्षेप संकलन तथा भुक्तानी , ऋण लागानी तथा असुली कार्यक्रम, तालिम शिक्षा कार्यक्रम लगायत नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
सहकारी संस्था लिमिटेड दुलारीमा ९ सय १६ जना सेयर सदस्यले कारोबार गर्दै आएका छ्न भने संस्थाको कूल पुँजी ६१ लाख १२ हजार ८ सय रहेको छ। त्यसै गरी निक्षेप संकलन २ करोड ९३ लाख ४२ हजार २ सय ६४ रुपैयाँ ९४ पैसा, संस्थाले बाह्र्य ऋण प्राप्ति १ करोड ७० लाख ७३ हजार ९ सय ६६ रुपैयाँ ४४ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी सदस्यलाई ४ करोड ४० लाख ४५ हजार ७ सय ५५ रुपैयाँ ४३ पैसा ऋण लगानी गरेको छ। त्यसैगरी संस्थाका ब्यवस्थापक लोक बहादुर तामाङले ३३ औं वार्षिक साधारणसभामा संस्थाको अनुमान, यथार्थ विवरण प्रतिवेदन प्रस्तुत गरेका थिए।
त्यसैगरी आन्तरिक लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक ईश्वरीबति कुमारी माझीले प्रस्तुत गरेकी थिइन। उत्कृष्ट बचतकर्ता तथा असल ऋणीलाई संस्थाले पुरस्कृत समेत गरेको थियो।
