उपाधीका लागि घरेलु टिम ब्ल्याक डाइमण्ड र बिराट मेघा रंगटोली गोल्डमा भिड्दै, फाइनल खेल शुक्रवार हुने

घरेलु टिम ब्ल्याक डाइमण्ड र बिराट मेघा रंगटोली गोल्डमा भिड्दै, फाइनल खेल शुक्रवार हुन

एलएन गच्छदार

पहिलो संस्करणको जारी रंगटोली गोल्ड कपमा कोशी प्रदेश प्रहरी टिमलाई बुधबार भएको सेमिफाइनल खेलमा १-० गोलले हराउँदै घरेलु टिम रंगटोली फुटबल क्लब ( ब्ल्याक डायमण्ड) फाइनलमा प्रवेश गरेको छ ।

प्रहरी टिमले खेल संचालन भएको १५ औं मिनेटमा आत्मघाती गोल गरेपछी आयोजक घरेलु टिम फाइलमा पुगेको हो।

फाइल खेलमा बिराट मेघा स्पोर्ट्स एकेडेमी बिराटनगरसंग घरेलु टिमले मुकावाला गर्ने छन। बिराट मेघा भने पूर्वाण्चल युनाइटेडलाई ट्राइबेकरमा २-१ गोलले हराउँदै फाइलको बाटो तय गरेको हो।

उक्त खेलको फाइनल खेल भने भोलि अर्थात कार्तिक ३० गते शुक्रबार ग्रामथान गाउँपालिका वडा -३ मा रहेको लक्ष्मी आधारभूतको खेल मैदानमा हुने भएको छ।

खेलको प्रथम पुरस्कार राशी रु १ लाख १ हजार नगद तथा ट्रफी, मेडल र दोश्रो पुरस्कार राशी रु ५१ हजार नगद तथा ट्रफी, मेडल रहने आयोजकले जनाएका छन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *