ब्राइट फ्युचर माध्यमिक बिधालयको ३१ औं अभिभावक दिवस भब्यताका साथ सम्पन्न
मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा ८ मा रहेको ब्राइट फ्युचर माध्यमिक बिधालयले आफ्नो ३१ औं अभिभावक दिवस बिबिध कार्यक्रम गरी मनाएका छन।
बिधालयका संथापक प्राचार्य टिकाराम ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका नगर प्रमुख केदार प्रसाद गुरागाईले कार्यक्रमको उदघाटन गरेको थियो।
मोरंगकै अब्बल मानिएको ब्राइटर फ्युचर माविले जिल्लाकै बिभिन्न विधामा उतकृष्ट नतिजा हात पार्दै आएका छन् भने राष्ट्रिय भालिबल प्रतियोगिता समेत भाग लिएर सान्त्वना पुरस्कार हासिल गरेका छन्।
डा. राजु अधिकारी मार्फत लिखित पुस्तक बनौ संस्कारीको विमोचन गरी सो पुस्तक आगामी शैक्षिक सत्रबाट पाठयक्रममा समेत समाबेश गर्ने प्राचार्य ढकालले बताए। सो कार्यक्रममा विद्यालयका प्राचार्य ढकालले उपस्थित सबैलाई सम्बोधन गर्दै बिधालयको शैक्षिक अवस्था तथा आगामी कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सम्मान तथा उतकृष्ट बिधार्थीलाई पुरस्कार वितरण, सिङगिङ्ग आइडल, डान्सिङ्ग आइडल प्रतियोगिता साथै सामुहिक सांस्कृतिक नृत्य प्रस्तुति समेत गरिएको थियो।
कार्यक्रममा शुशिला ढकालले स्वागत मन्तव्य साथै कार्यक्रमको बारेमा प्रकाश पारेकी थिइन्। अन्य बिबिध कार्यक्रम संचालन बिधार्थीले गरेका थिए भने औपचारिक कार्यक्रम संचालन भने होम थापाले गरेको थियो। उक्त कार्यक्रममा बिधालय अध्यक्ष भोलेश्वर दुलाल, राष्ट्रिय परिक्षा बोर्ड प्रमुख युवराज पौडेल, शिक्षा बिकास समन्वय इकाई मोरंग प्रमुख टंक गौतम, लाइफ कोच डा. राजु अधिकारी लगायतको उपस्थिति रहेको थियो।




