साजिलाल माविको अक्षयकोष छात्रवृत्ति बितरण कार्यक्रम
साजिलाल माध्यमिक बिधालयले ५७ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाउदै गर्दा अक्षयकोष छात्रवृत्ति बितरण गरेको छ। ४४ लाखको अक्षयकोष स्थापना गरेको बिधालय प्राचार्य श्यामबाबु काफ्लेले जानकारी दिए।
अक्षयकोष समिती संयोजक पितकुमार श्रेष्ठको अध्यक्षतामा जिल्ला समन्वय समिती मोरङ प्रमुख अजम्बर राईले कार्यक्रमको उदघाटन गरे। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै शुभकामना दिने क्रममा नगर प्रमुख केदार प्रसाद गुरागाईंले नगरपालिकाले बजेटको सिमा पर्याप्त नभएको र बिद्यार्थीको संख्या अनुसार शिक्षक राख्न नसकेको बताउदै अबको शिक्षा प्रणाली ब्यबहारिक सिकाइ उपलब्धिलाई अगाडी बढ्नु पर्ने जोड दिए।
पुर्व शिक्षक टिकाराम दहालले अफ्नो नाम तथा खडानन्द दहाल पुरस्कार कोषमा ४ लाख खडा गरेको छ। आर्थिक रुपमा बिपन्न तथा जेहेन्दार बिद्यार्थीका लागि यस्ता छात्रवृत्ति तथा पुरस्कर रकम खर्चिनेछ। उक्त कार्यक्रममा विभिन्न अक्षयकोषको नामबाट गरिब तथा जेहन्दार बिद्यार्थीलाई छात्रवृत्ति बितरण गरेको थियो।
बिधालय जग्गादाता परिवार, पुर्व ब्यबस्थापन समिती , पुर्व शिक्षक , अभिभावक संघ अध्यक्ष , पुर्व विद्यार्थी लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा आगन्तुक अथितिलाई बिधालयका सहायक प्राचार्य हरि भट्टराईले स्वागत मन्तब्य ब्यक्त गरेको थियो भने कार्यक्रम संचाल भवानी प्रसाद ढकाल र कोपिला ओस्तिले संचालन गरेको थियो।





