बर्जुमा साबुन, फिनेल र हर्पिक बनाउने तालिम समपन्न

बर्जुमा साबुन, फिनेल र हर्पिक बनाउने तालिम समपन्न

सुन्दरहरैंचा / असार २०

स्थानिय  समुदायहरु बेरोजगारी भई बसिरहेको अवस्था र  उनीहरुमा सिप विकास गरी आय आर्जनमा व्यवस्थापन गर्नको लागी साबुन, हर्पिक फिनेल बनाउने  तालिम बर्जु गाउँपालिकामा सम्पन्न  भएको छ।

सीप सिकेपछि सानो लगानी गरेर आय-आर्जन गरी आत्मनिर्भर बनाउने मुख्य उद्देश्य राखेर बर्जु गाउँपालिका  महिला तथा पुरुषका लागि चार दिने प्रयोगात्मक सीपमूलक तालिम बुधबार  समापन गरेको हो  ।

   बेरोजगारी महिला तथा पुरुषहरुलाई सिप क्षमता विकास गर्नु यस कार्यक्रमको औचित्य रहेको भन्दै आयोजक संस्था एराईज नेपाल सोसाइटीका अध्यक्ष पार्वती गच्छदारले बताएका छन    ।

सो पालिकाका १५  जना सहभागीले  तालिममा साबुन, फिनेल र हर्पिक बनाउने सिप सिकेका छन भने तालिम समापनका क्रममा सो पालिकाका उपाध्यक्ष नितु चौधरीले परम्परागत तालिमभन्दा यस खाले तालिमले नयाँपन ल्याएको बताएका छन । उनका अनुसार तालिममा सहभागी भएर अब साबुन, हर्पिक र फिनेल बनाएर स्वरोजगारीमुखी हुनेलाई पालिकाले सक्दो सहयोग गर्नेछ ।

हर्पिक र फिनेल बनाउने प्रयोगात्मक तालिम निर्मला चौहान भण्डारीले  प्रदान गर्नुभयो  । विशेष गरी महिलाहरूको समय खेर गइरहेको  र  फुर्सदको समय पनि सदुपयोग हुने भएकोले तालिम प्रभावकारी भएको  तालिम प्रशिक्षार्थी अंकिता श्रेठले बताए।  कतिप ययुवाहरु सिजनल कामबाहेक अरू काम नपाउँदा बेरोजगार भएर बस्नु परेको अवस्थामा तालिम फलदायी भएको बताएका छन  । तालिममा सहभागी भएका प्रशिक्षार्थीले गाउँ घरमा यस किसिमको तालिमबाट  हौसला प्रदान गरेको बताएका छन  ।

यस्तो अवस्थामा प्राकृतिक साबुन घरायसी प्रयोग र उद्यमको रूपमा धेरै उत्पादन गर्न सके बजारीकरण गरी राम्रो आम्दानी गर्न सकिन्छ ।’त्यसो त नेपालीलाई लाग्ने ८० प्रतिशतभन्दा बढी सरुवा रोग स्वच्छ खानेपानीको अभाव र सरसफाइको कमीले लाग्ने गर्छ भन्ने विभिन्न अनुसन्धानले देखाएको छ । सरसफाइमा पर्ने महत्त्वपूर्ण शौचालय पनि हो । शौचालय सफाइका लागि हर्पिक र फिनेल पनि आवश्यक पर्छ ।

यी सामग्री पनि गाउँघरमै उत्पादन गरेर आम्दानी गर्न सकिने सोचले तालिम आयोजना गरिएको आयोजक संस्था एराईजन नेपाल सोसाइटी अध्यक्ष  पार्वती गच्छदारले बताएका छन । बर्जु गाउँपालिकाको  सहकार्यमा संचालन भएको सो तालिममा सहभागीलाई अब सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्न सामान तयार गर्नतिर लाग्नुपर्ने संस्थाका अध्यक्ष गच्छदारले जोड दिएका छन ।

पछिल्ला समय छालाको क्यान्सर, रगतको क्यान्सर, स्तन क्यान्सर, पाठेघरलगायतका नसर्ने रोगहरूको वृद्धि हुन थालेको छ । यस्ता रोगलाई निर्मूल गर्नका लागि प्राकृतिक जडीबुटीबाट बनेको साबुन लाभदायी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *