प्रदेशकै नमुना विधालय सुकुना माविमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुल्यो

एलएन गच्छदार / सुन्दरहरैंचा

प्रदेशकै नमुना तथा उत्कृष्ट सामुदायिक विधालय सुकुना माध्यमिक विधालयमा नयाँ शैक्षिक सत्र कक्षा ११ का लागि भर्ना आव्हान गरेको छ । सुन्दरहरैंचा नगरपालिका वडा नं. १० मा अवस्थित सुकुना माविले शैक्षिक सत्र २०८१/८२ का लागि नयाँ विद्यार्थी भर्ना आह्वान गरेको हो। कक्षा ११ मा विज्ञान र व्यवस्थापन, कानुन, होटेल मेनेजमेन्ट, बिजनेश स्टडिज, शिक्षा संकाय, सिभिल लगायत विषयहरुमा नयाँ भर्नाका लागि आवेदन खुलेको सहायक प्रध्यानाध्यापक राजेन्द्र प्रसाद गिरीले बताउनुभयो।

विद्यार्थीले असार २२ गतेसम्म विद्यालय प्रशासनको लेखा शाखाबाट फारम भरि नाम दर्ता गर्न सक्नेछन्। बिज्ञान संकाय अध्ययन गर्न चाहने विद्यार्थीले असार २० गते बिहिबार बिहान ११ बजे पहिलो चरण प्रवेश परिक्षा दिन सक्ने छन।
त्यसैगरी ब्यबस्थापन, शिक्षा, कानुन, होटेल मेनेजमेन्ट लगायत संकायका लागि विद्यार्थीले असार २२ गते शनिबार देखी प्रवेश परीक्षा दिन सक्ने सुकुना माविले जनाएको छ।

हालै प्रकाशित एसईई २०८० को नतिजामा ३.८० भन्दा बढी जीपीए ल्याउने विद्यार्थीलाई पूर्ण छात्रबृत्तिमा र ३.६१ देखि ३.७९ जिपिए ल्याउने ५० प्रतिशत छात्रवृत्तिमा अध्यापन गराउनेछ्न। त्यस्तै सुकुनाले लिने प्रवेश परिक्षामा उत्कष्ट नतिजा ल्याउने बेग्ला बेग्लै संकाय तर्फ महिला पुरुष छुट्टाछुट्टै गरि पहिलो टपरलाई सतप्रतिशत, दोस्रो टपरलाई ५० प्रतिशत तेस्रो टपरलाई २५ प्रतिशत उत्कृष्ट विद्यार्थीलाई समेत छात्रबृत्ति दिईने जनाएका छन।

विद्यालयको उच्चस्तरीय भूकम्प प्रतिरोधी भवनहरु, ल्याब सुबिधा, ठूला र व्यवस्थित कक्षाकोठा, स्वच्छ र शान्त वातावरण, लाइब्रेरी र क्यान्टिनको सुबिधाहरु रहेका छन्।साथै विद्यार्थीको यातायातको सुबिधाको लागि १२ वटा बसहरू संचालन रहेका छन्।

बालमैत्रीपूर्ण सिकाइ वातावरण निर्माण, समान शैक्षिक पहुँच, समावेशी विद्यालय प्राविधिक धारको शिक्षामा जोड, शिक्षणमा नवीनतम सूचना प्रविधिका अधिक प्रयोग गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तथा सक्षम जनशक्ति उत्पादन गर्न सफल विद्यालय सुकुना मावि सबै अभिभावक र विद्यार्थीको रोजाईमा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *