गोठगाउँको ज्ञानज्योतिले २५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाउदै
एलएन गच्छदार
मोरङको सुन्दरहरैचा नगरपालिका वडा -७ गोठगाउँमा रहेको ज्ञानज्योति इंगलिस स्कुलले २५ औं बार्षिक उत्सव (रजत जयन्ती ) तथा अभिभावक दिवस मनाउदै छ । विद्यालयको रजत जयन्तीको उत्सव २ दिन सम्म निरन्तर विद्यालयका अतिरिक्त क्रियाकलाप, सास्कृतिक , सम्मान तथा पुरुस्कार वितरण कार्यक्रम गरि मनाइदैछ ।
स्कुल संस्थापक तथा प्राचार्य देबी सिटौलाको सभाध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका नगरप्रमुख केदार प्रसाद गुरागाईले कार्यक्रमको समुदघाटन गरे । उक्त कार्यक्रम भने आइतबार देखि सोमबार २ दिन सम्म चल्ने बिधालय प्रसाशनले जनाएको छ। पहिलो सत्रमा बालबालिकाको नृत्य प्रतियोगिता तथा अभिभावकलाई बिधालय र बिधार्थीप्रतिको दायित्व बोध गराउन जीवन उपयोगी उत्प्रेरणामुलक कार्यक्रम गरेको थियो। दोश्रो दिन बिधार्थी क्षमता प्रस्पुटन अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विधार्थीलाई पुरस्कार तथा सम्मान कार्यक्रम रहनेछ।
विद्यालय सेवा क्षेत्र भित्रका अभिभावक, शिक्षाप्रेमी , शिक्षक, विद्यार्थी , राजनितिकर्मी र जनप्रतिनिधिहरूको उपस्थितिमा वार्षिकोत्सव समारोह सभ्य र भव्य कार्यक्रमका साथ समुदघाटन भएको हो । नगरप्रमुख गुरागाईले कार्यक्रम समुदघाटन गर्दै अबको शिक्षा प्राणाली प्राबिधिकसंगै प्राबिधिमैत्री हुनु पर्ने कुरामा जोड दिए। नगरप्रमुखले शुभकाना मन्तब्य व्यक्त गर्दै सामुदायिक भन्दा निजि बिधालयका अभिभावक बढी जागरुप रहेको टिपणी गरेका छन्। सो कार्यक्रममा बोल्दै निजि भन्दा सामुदायिक बिधालयमा शिकाई उपलब्धिमा अपेक्षित लाभ लिन नसकेको नगरप्रमुख गुरागाईले बताए।

आफ्नो बिधार्थीको निम्ति आफु कहिले यस बिधालयमा अविभावकको जस्तो नआएको भन्दै बिधालयको प्रगति देखेर स्थानीय अभिभावक अनुरोध साह खुलेर प्रशंसा गरे।
बिधार्थी नेतृत्व र व्यक्तित्व क्षमता अभिवृद्धि गर्न बर्षे पिच्छे बिबिध कार्यक्रम तथा ट्यालेंट सो कार्यक्रम गर्दै आएको र बिधार्थीलाई घोकन्ते शिक्षा नभएर प्रयोगात्मक माध्यमा शिक्षा दिदै आएको संस्थापक तथा प्रिन्सिपल सिटौलाले आफ्ना धारणा प्रस्तुत गरे । प्लेग्रुप देखि कक्षा १० सम्मको बिधालय संचालन भएपनि गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर अबको भाबि योजनामा कक्षा १२ सम्म बढाउदै जाने र संस्कारयुक्त ब्यबहारिक, प्रविधियुक्त शिक्षा प्रदान गराउने प्रिन्सिपल सिटौलाले बताए ।

बिंस २०५४ सालमा एउटा झुपडीबाट सुरु गरेको बिधालयले २५ औं बसन्त पार गर्दा गुणस्तरीय शिक्षा प्रदान तथा बिबिध कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन सफल र जिल्लाकै अब्बल बिधालय मानिन्छ। शान्त बाताबरण, अविभावकको मन जितेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा हाल ७ सय भन्दा बढी बिधार्थी पठनपाठन गर्दै आएका छन्। हाल बिधालयमा ४५ जना शिक्षकशिक्षिकाले अध्यापन गराउदै आएका छन भने बिधालयले जसबाट प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी समेत प्रदान गरेको छ।






