ज्ञानज्योति इंगलिस स्कुलको रजत जयन्ती तथा  २५ औं बार्षिक अभिभावक दिवस सम्पन्न

एलएन गच्छदार

https://janacharchatimes.com.np/wp-content/uploads/2023/08/358573545_688298886644492_2885704287178363969_n.jpg >

 सुन्दरहरैचा नगरपालिका वडा -७ गोठगाउँमा रहेको ज्ञानज्योति इंगलिस स्कुलले रजत जयन्ती तथा  २५ औं बार्षिक अभिभावक दिवस मनाएका छन   । उक्त अवसरमा   अतिरिक्त क्रियाकलाप, सास्कृतिक , सम्मान तथा पुरुस्कार वितरण कार्यक्रम गरी  २ दिन सम्म मनाइयो  ।   कार्यक्रमको अध्यक्षता बिधालयका संस्थापक तथा प्रिन्सिपल देबी सिटौला तथा   जिल्ला समन्वय समितिको कार्यालय मोरंगका प्रमुख अजम्बर राइको प्रमुख आथित्यता समापन  भएको थियो। 

प्रमुख अतिथि राइले कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक संस्कार जस्ता कार्य मनाउने बिषयमा अरुको देखासिकी र नक्कल गर्ने बानीको बिकास भएको र दहेज दिने लिने,   बिबाह, ब्रतबन्धमा गराउने तरिकामा बढी  प्रतिष्पर्धा रहेको भन्दै शिक्षा दिने बिषयमा  प्रतिस्पर्धा गर्नुपर्ने जोड दिए। 

विद्यालय सेवा क्षेत्र भित्रका अभिभावक, शिक्षाप्रेमी , शिक्षक, विद्यार्थी , राजनितिकर्मी र जनप्रतिनिधिहरूको उपस्थितिमा वार्षिकोत्सव समारोह सभ्य र भव्य कार्यक्रम सम्पन्न भएको   हो ।

उक्त कार्यक्रममा अबको शिक्षा प्राणाली प्राबिधिकसंगै प्राबिधिमैत्री तथा संस्कारयुक्त शिक्षामा जोड दिन शिक्षाप्रेमीहरुले आ-आफ्ना धारणा राखेका थिए।  आफ्नो बिधार्थीको निम्ति आफु कहिले यस बिधालयमा अविभावकको जस्तो नआएको भन्दै बिधालयको प्रगति देखेर स्थानीय अभिभावक अनुरोध साह खुलेर प्रशंसा गरे।

उक्त कार्यक्रममा बिभिन्न प्रतियोगितामा भागले बिधार्थीलाई कक्षा उकृष्ट विधार्थीलाई पुरस्कृत गरिएको थियो भने  बिधालयले पहिलो सत्रमा नृत्य विधामा ज्ञान ज्योति आइडल जुनियर तथा सिनियर कार्यक्रम समेत गरिएको थियो।  उक्त कार्यक्रममा सिनियर तर्फ प्रथम स्थानमा  मेलोडी पराजुलीले हासिल गरिन भने दोश्रो स्थानमा अन्जली आचार्यले हात पारिन।  साथै तेस्रो र सान्त्वना क्रमश: सबिना राई र समिक्षा आचार्यले प्राप्त गरिन।  त्यसैगरी उक्त कार्यक्रममा जुनियर तर्फ पहिलो, दोश्रो, तेश्रो र सान्तवना क्रमश: मिस्ती चौधरी, जेनिशा दियाली, सुम्मिना लिम्बु र सिवानी घलेमगर भएकी छिन।  साथै जिल्ला तथा अन्तर बिधालय, पालिका स्तरीय  भिन्न भिन्न  प्रतियोगिताका विधामा भाग लिएर अवार्ड जित्न सफल बिधार्थीलाई सम्मान समेत गरेको थियो।      

पत्रकारसंगको भेटमा  विद्यार्थीलाई किताबी ज्ञानका साथै व्यवहारिक शिक्षा र सीपसमेत सिकाउँदै आएको विद्यालयले समय परिवर्तन संगै  डिजिटलमैत्री भएर पेपरलेस प्रणालीको बिकासमा अबको पठनपाठन जोड्नु पर्ने प्रिन्सिपल सिटौलाले बताए  ।

बिधालयले बिधार्थी नेतृत्व र व्यक्तित्व क्षमता अभिवृद्धि गर्न बर्षे पिच्छे बिबिध कार्यक्रम तथा ट्यालेंट सो कार्यक्रम गर्दै आएको र बिधार्थीलाई घोकन्ते शिक्षा नभएर प्रयोगात्मक माध्यमा शिक्षा दिदै आएको छ  । बिधालयले  प्लेग्रुप देखि कक्षा १० सम्मको बिधालय संचालन भएपनि गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर अबको भाबि योजनामा कक्षा १२ सम्म बढाउदै जाने र संस्कारयुक्त ब्यबहारिक, प्रविधियुक्त शिक्षा प्रदान गर्ने लक्ष्य लिएको छ  .

बिंस २०५४ सालमा एउटा झुपडीबाट सुरु गरेको बिधालयले २५ औं बसन्त पार गर्दा गुणस्तरीय शिक्षा प्रदान तथा बिबिध कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन सफल र जिल्लाकै अब्बल बिधालय मानिन्छ। शान्त बाताबरण, अविभावकको मन जितेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा हाल ७ सय भन्दा बढी बिधार्थी पठनपाठन गर्दै आएका छन्। हाल बिधालयमा ४५ जना शिक्षक शिक्षिकाले अध्यापन गराउदै आएका छन भने बिधालयले जसबाट प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी समेत प्रदान गरेको छ।

साथै उक्त कार्यक्रममा कोशी प्रदेश प्याब्सन अध्यक्ष टिकाराम ढकाल, स्थानीय राजनीतिकर्मी तथा समाजसेवी भक्ति सिटौल, सो वडाका अध्यक्ष भुवनसिंह आलेमगर लगायतले बिधालयको प्रगतिको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए। 

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ