ब्राइट फ्युचर सेकेण्डरी स्कुलद्वारा टीकाराम ढकालको स्वागत तथा बधाई कार्यक्रम सम्पन्न

ब्राइट फ्युचर सेकेण्डरी स्कुलद्वारा टीकाराम ढकालको स्वागत तथा बधाई कार्यक्रम सम्पन्न

एलएन गच्छदार/ सुन्दरहरैंचा

मोरङ सुन्दरहरैंचा नगरपालिका वडा -८ सलकपुर रहेको ब्राइट फ्युचर सेकेण्डरी स्कुलले होली विशेष कार्यक्रम तथा हालै सम्पन्न अधिवेशनमा प्याबसन केन्द्रीय उपाध्यक्षमा निर्वाचित विद्यालयका संस्थापक प्रिन्सिपल टीकाराम ढकालको स्वागत, सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा विद्यालय परिवार, शिक्षक-शिक्षिका, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। विद्यालयका संचालक, शिक्षक प्रतिनिधि तथा विद्यार्थीहरूले ढकाललाई फूलमाला तथा दोसल्ला प्रदान गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै टीकाराम ढकालले शिक्षा क्षेत्रमा सुधार, नीति निर्माण तथा विद्यार्थीहरूको शैक्षिक उन्नति सुनिश्चित गर्न आफू कटिबद्ध रहने बताए। उनले विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूबिचको समन्वयलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाए।

होली विशेष कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति तथा रंग खेल्दै चाडको रौनक थपेका थिए।

निवर्तमान  नगरप्रमुख  शिव प्रसाद ढकाल, विद्यालयका भाइस प्रिन्सिपल मनोज पौडेल, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले टीकाराम ढकाललाई केन्द्रीय तहको नेतृत्वमा पुगेकोमा गर्व महसुस गर्दै आगामी कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *