युवराजको हिपको जोर्नी बदल्न नसक्दा सहयोगको अपिल
एलएन गच्छदार
नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा -१२, दबीलाका युवराज दाहाल यतिबेला आर्थिक अवस्था कमजोरका कारण उपचार गर्न सकेका छैनन् । पैसा अभावका कारण खुट्टाभन्दा माथिको हिपको जोर्नी बदल्न नसक्दा यति बेला थलिएका छन्।
आर्थिक अवस्था कमजोरका कारण उनि परिवारको खुसि र सुखी जीवनको सपना साकार पार्न रोजगारीका लागि भारत होमिए। भारतको बेंगलोरमा ९ बर्ष काम गरे। उतै बस्दा खुट्टामा सामान्य समस्या आयो। नेपाल फर्किएर उनि सुरुमा भरतपुर क्यान्सर अस्पताल चितवनमा देखाए। दाहालका अनुसार चितवनमा रोग पत्ता नलागेपछि त्यसपछि चितवन मेडिकल कलेजमा सिटि स्कान र एमआरआई गर्नु पर्छ जसका लागि २० हजार खर्च लाग्छ भनेपछि पैसा अभावका कारण ५ महिना पछी उनि काठमाडौँ होमिए। धेरै हस्पिटल चाहर्दै रोग पत्ता लागेन। काठमाडौँको करुणा हस्पिटलमा सेतो मासीमा बोर्न टीवि हड्डी खिएको पत्ता लागे पछी ११ महिना औसधि खाए।
खुट्टामा झन् समस्या भएपछी राष्ट्रिय ट्रमा सेन्टरमा गएर भर्ना भए। अनि डाक्टरले जोर्नी पुरै खिएको छ भनेपछि दाहालले एउटा सानो अप्रेसन गरे। आफुलाई सन्चो भएन झन् बढी हुदै गयो। उहाँले भने – फेरी दोश्रो पटक अप्रेसन गरेर मेरो त्यो खिएको जोर्नी सबै काटेर फाले । दाहाललाई डेढ महिनामा आउनु अनि फेरी अर्को अप्रेसन गरेर जोर्नी बदल्नु पर्छ बताए । त्यसबेला ५ लाख लाग्छ भनेपछि आर्थिक अवस्था कमजोर भएकोले आफुले अर्को अप्रेसन गर्न सकेनन र जोर्नी पनि बदल्न सकिएन।
आर्थिक अवस्था कमजोरका कारण दाहाल बन्धुको समुहका सबै जना मिलेर आफ्नो अर्को अप्रेसन गरिदिए युवराज दाहाल बताउछन । त्यसपछि डाक्टरले अब सन्चो हुन्छ भने तर पनि झन झन् बढ्न थाल्यो अहिले अन्तिममा आएर डाक्टरलाइ भेट्दा डाक्टरले यो तिम्रो जोर्नी बदल्नै पर्छ भने पछी उनको पिडा थपियो। अब पुरै जोर्नी बदल्न दुइ लाख तिस हजार लाग्छ बताए ।
राष्ट्रिय ट्रमा सेन्टरमा अहिले १ लाख ७० हजार जुटाउन नसक्दा उनिलाई पिडा सहनुको अरु बिकल्प छैन। आर्थिक अवस्था कमजोरका कारण अहिले सबैसंग सहयोगको अपिल गरेका छन्। यदि समयमै अपरेशन भएन भने खुट्टा काटेर फाल्नु पर्ने स्थिति आउँन सक्ने बताउछन।
उनलाई सहयोग गर्नका

खातावाला : युवराज दाहाल
खाता नं. : 0321353807205001
बैंकको नाम : लक्ष्मी सनराइज बैंक
सम्पर्क नं : 9806425633
