सुन्दरहरैंचामा डिएन ग्रुपको आयोजनामा होली विशेष कार्यक्रम सम्पन्न

एलएन गच्छदार 

सुन्दरहरैंचा— डिएन ग्रुप अफ कम्पनीको आयोजनामा मोरङको सुन्दरहरैंचा–३, गछियास्थित साजिलाल खेल मैदानमा भव्य होली विशेष कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन मोरङ प्रहरी प्रमुख एसपी नारायण प्रसाद चिमरियाले रंगसँगै होली पर्वको शुभारम्भ गर्दै गरे। उनले सद्भाव र रंगको उत्सवका रूपमा होली मनाउन सबैलाई शुभकामना दिँदै अप्रिय घटना हुन नदिन सचेत र सावधान रहन आग्रह गरे।

कार्यक्रमको अध्यक्षता नेत्र चौलागाईंले गरेका थिए। उनले होली पर्वलाई सामाजिक एकता, प्रेम र सद्भावको प्रतीकका रूपमा मनाउनुपर्ने बताउँदै सहभागी सबैलाई खुसीपूर्वक उत्सव मनाउन अनुरोध गरे।

कार्यक्रममा विशेष आकर्षणका रूपमा कलाकार आर.एन. खत्री र उज्ज्वल बंजराले आफ्नो प्रस्तुति दिए। उनीहरूको धमाकेदार प्रस्तुतिले उपस्थित सबैलाई नचाएको थियो।

स्थानीय बासिन्दा तथा सहभागीहरूले कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन योगदान दिएकोमा आयोजकले धन्यवाद व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *