साजिलाल माध्यमिक विद्यालयद्वारा अक्षय कोष छात्रवृत्ति वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न


एलएन गच्छदार / सुन्दरहरैंचा

सुन्दरहरैंचा नगरपालिका वडा नं. ६ मा अवस्थित साजिलाल माध्यमिक विद्यालयले अक्षय कोष छात्रवृत्ति वितरण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

आइतबार सो कार्यक्रम विद्यालयको प्राङ्गणमा आयोजना संगै , जसमा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयले स्थापना गरेको अक्षय कोषबाट उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको हो।

छात्रवृत्ति वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, विद्यालयका प्रधानाध्यापक तथा स्थानीय जनप्रतिनिधिहरूले विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेका थिए। प्रमुख अतिथिको रूपमा उपस्थित शिक्षा विकास तथा समन्वय इकाइ मोरङ प्रमुख जीवन गड्तौला शिक्षा क्षेत्रको सुधार र छात्रवृत्तिको महत्त्वबारे आफ्नो विचार व्यक्त गरे।

सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले नृत्य, गायन तथा नाटक प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा उजागर भएको भन्दै उपस्थित अभिभावक र अतिथिहरूले प्रशंसा व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफलेले विद्यालयको शैक्षिक उन्नयनका लागि यस्ता कार्यक्रमले प्रेरणा दिने बताउँदै आगामी दिनमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाए। कार्यक्रमले विद्यालय र विद्यार्थीहरूलाई थप प्रोत्साहन मिलेको सहभागीहरूले बताएका छन्। साथै यस विद्यालयको ५९ औं वार्षिकोत्सव तथा अभिभावक भेला २०८१ एवम् शैक्षिक सामग्री प्रदर्शनी (विज्ञान, इन्जिनियरिङ तथा सामाजिक) कार्यक्रम माघ २२ गते मङ्गलवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रमहरुका साथमा सम्पन्न हुने भएको हुँदा गरिमामय उपस्थितिका लागि समेत अनुरोध छ ।
सोमबार बिहान बिहान ७:०० बजे सरस्वती पूजा तथा ११:०० बजे देखि पूर्व विद्यार्थी, पूर्व शिक्षक पुनर्मिलन कार्यक्रम हुने प्रधानाध्यापक काफलेले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *