थुनामुक्त बनेपछि अभिनेता पल शाहले भने : “मनमा रिस र प्रतिशोध केहि छैन, कसैलाई गाली नगरिदिनु होला ”

काठमाडाैं ।नाबालिगत बलात्कारको आरोपमा जेल परेल एक वर्षपछि सफाइ पाएर रिहाइ भएका अभिनेता पल शाहले आफू फेरि पुरानै संघर्षशील दैनिकीमा फर्किएको बताएका छन् ।हिजो (सोमबार) होली पर्वको शुभकामना व्यक्त गर्दै उनले बितेको एक वर्षलाई आफूले सिकाइको उर्बर समयको रुपमा लिएको उल्लेख गरेका छन् ।

 ‘मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना । छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य ।’सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अभिनेता शाहले भनेका छन्, ‘साथै मेरो बितेको एक वर्षको त्यो घटनासँग जोडिएका सम्पूर्ण व्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ ।

 र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो व्यवहार नगरिदिनु होला । उहाँहरुसँग फेरि सहकार्य गर्ने वातावरण मिलोस् । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरि पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *