सिद्धार्थको  २९ औं अभिभावक दिवस तीन दिन सम्म भब्यरुपमा मनाउने तयारी

एलएन गच्छदार  सुन्दरहरैंचा / फागुन १५ गते

मोरंग सुन्दरहरैंचा नगरपालिका वडा १० खोर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले आफ्नो आभिभावक दिवस तीन दिन सम्म भब्य रुपमा मनाउने भएको छ । सिद्धार्थको २९ औं अभिभावक दिवसको तयारी अन्तिम चरणमा पुगेको प्रिन्सिपल अर्जुन बस्नेतले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी गराउनुभयो ।

फागुन १६ गते गते बिधार्थी गायन, नृत्य, बतृत्वकला, चित्रकला, सेफ प्रतियोगिता, सांस्कृतिक कार्यक्रम लगायत बिबिध कार्यक्रम रहने छ ।  त्यसैगरी प्रिन्सिपल बस्नेतले कार्यक्रमको बारेमा जानकारी गराउंदै १७ गते फागुन बिहिबार अभिभावको गायन प्रतियोगिता, मम्मी डान्स आइडल, चित्रकला, पुरस्कार वितरण तथा सांस्कृतिक लगायतको कार्यक्रम हुने बताउनुभयो ।

अन्तिम दिन अर्थात फागुन १८ गते प्री-स्कुलका बालबालिकाको गायन, नृत्य, बतृत्वकला, फन गेम, चित्रकला, प्रोजेक्ट प्रदर्शनी लगायत सांस्कृतिक कार्यक्रम रहने जनाएको छ ।कार्यक्रम बिहान १० बजे देखि सुरु भएर साढे ४ बजे सम्म सो दिनहरुमा संचालन हुने छ ।

साथै मंगलबार ‘रक्तदान नै जीवनदान’ भन्ने मूल नाराका साथ सामाजिक उतरदायित्व पुरा गर्ने उद्धेश्यले सिद्धार्थ २९ औं अभिभावक दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको थियो  । सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मोरंग शाखाको प्राबिधिक सहयोगमा बिधालयका अभिभावक, बिधार्थी तथा शिक्षकले रक्तदान गरेका छन् भने ५६ प्रिन्ट रगत संकलन भएको स्कुल प्रिन्सिपल अर्जुन बस्नेतले जानकारी दिनुभयो ।

सो विधालयमा कक्षा ११ र १२ मा कम्प्युटर साइन्स , बिजनेस स्टडी, होटल म्यानेजमेन्ट , ट्राभल एण्ड माउन्टेनेरिङ, कानुन विषय लगायत सम्मको पठनपाठन हुँदै आएको छ भने विद्यालय स्तरको पढाइ सुरु हुनुभन्दा पहिले बालबालिकालाई सिकाउन अपनाइएको उक्त मन्टेश्वरीमा  आधारित  शिक्षा प्रदान गर्न सिद्धार्थ  प्रि-स्कुल छुटै भवनमा संचालनमा ल्याएको छ  । लेटांग, केराबारी, रमाइलो, बेलबारी सुन्दरहरैंचा, ग्रामथान लगायतका ठाउँबाट सो विधालयमा पठन पाठन गर्न आउंछन भने हाल  १ हजार ६ सय ५० जना बिधार्थी अध्ययनरत छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ