वक्तृत्व कला प्रतियोगितामा सिंहबाहिनी मावि प्रथम

पथरी शनिश्चरे : पढाइमा समाजिक सञ्जालको प्रयोग र प्रभाव बिषयक वक्तृत्वकला प्रतियोगितामा मोरङको पथरीशनिश्चरे -९ स्थित सिंहबाहिनी मावि प्रथम भएको छ ।
बाल दिवसको अवसरमा पथरीशनिश्चरे—१, स्थित सुनाखरी माविले आयोजना गरेको प्रतियोगितामा सिंहबाहिनी माविको सरु आचार्य प्रथम भएकी छन् ।
वक्तृत्वकलामा चन्द्र किरातेश्वर माविकी अंकिता तामाङ दोस्रो, भागिरथ माविकी प्रतिमा चेम्जोङ लिम्बू तेस्रो र दुर्गा माविकी अस्मिता रसाइली सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।


विजेता विद्यार्थीहरुलाई नगद, मेडल तथा नगद पुरस्कार प्रदान गरिएको थियो । पथरीशनिश्चरे शिक्षा विभाग प्रमुख नवीन खुलाल- १ नं. वडा अध्यक्ष भीमकुमार राई, विद्यालय सञ्चालक समितिको अध्यक्ष प्रदिपकुमार राई, प्रधानाध्यापक भूमिकादेवि मगर, विद्यालयका सल्लाहकार अर्जुन जम्नेली राई लगायतको हातबाट वितरण भएको थियो ।
प्रतियोगितामा पथरीशनिशचरे नगरमा रहेको १० वटा मावि सहभागि भएका थिए ।


सुनाखरी माविमा चाम्लिङ राई भाषा पठनपाठनहुँदै आएको छ । पथरीशनिश्चरे नगरको आर्थिक सहयोगमा प्रकाशित कक्षा -५ सम्मको पुस्तक विद्यालयलाई हस्तान्त्रण गरिएको छ । कार्यक्रममा नगरको शिक्षा विमाग प्रमुख नवीन खुलाल, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव तथा सुनाखरी माविको सल्लाहकार अर्जुन जम्नेली राईले शुभकामना मन्तव्य दिएका थिए ।


यसैवीच ५३ लाख बराबरको लागतमा निर्माण भएको चार कोठे पक्की भवन नगरप्रमुख मोहनप्रसाद तुम्बापोको हातबाट रिवन काटेर उद्घाटन गरिएको थियो ।
कार्यक्रममा सुनाखरी माविमा अध्ययनरत छात्राहरु इन्द्रकुमारी देवान, अनुसा सुनाम, मन्दीरा लिम्बु लगायतले नृत्य तथा गीतहरु प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ