हात्ति प्रभावित क्षेत्रमा प्रशिक्षण कार्यक्रमको आवश्यक – वडा अध्यक्ष प्रकाश श्रेष्ठ

एलएन गच्छदार
सुन्दरहरैंचा माघ २ गते

मोरङको सुन्दरहरैंचा नगरपालिका जंगल क्षेत्र नजिक रहेको बस्तिम हात्तिले घरमा क्षति पुर्याएपछि गत राति सोमबार देखि स्थानीयमा त्रास थपिएको छ।

जंगल नजिकै रहेको वडा ७ का लेखनाथ प्रसाईले लगाएको केरा खेतिमा समेत क्षति पुर्याएको छ भने अर्को तर्फ वडा -९ मा जंगल नजिकैको दुई घरमा क्षति पुर्याएको छ।

हात्तिका माउ र बच्चा सहित ८ देखि १२ वटाको संख्या रहेको स्थानीयको भनाइ छ।
रातभर सुतेको छैन वडा अध्यक्ष आफै जङ्गल छेउको बस्तीमा बसेर जनता सङ्गै रातभर बसेको स्थानीय प्रकाश राईले बताएका छन।

सो वडा अध्यक्ष प्रकाश श्रेष्ठका अनुसार हात्ति प्रभावित क्षेत्र भएका कारण हात्तीबाट बच्ने उपाय सहित हात्ती विशेषज्ञ ल्याई हात्तिबाट त्रसित नहुन र रोकथामको प्रशिक्षण दिन आवश्यक रहेको बताउछन।

क्षतिपूर्ति सम्बन्धि अहिले सम्मको क्षति भएको अनुमानको आधारमा ईलाका प्रहरी बिराटचोकको अगुवाइमा सरजमिन गरि वार्ड कार्यलयको सिफारिसमा क्षतिपूर्ति माग अनुसारको रकम भुक्तानी गरिएकोलागी नगरलाई सिफारिस गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ।

जंगल नजिक मानव बस्ती बसेपछि हात्तीको आक्रमणबाट मानिसको धनजन तथा मानवीय क्षति हुने हुंदा दीर्घकालीन समाधान को निम्ति काम गर्ने अध्यक्ष श्रेष्ठले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *