राष्ट्रिय सेवा दल जुनियर डिभिजन ५० औं ब्याचको सामुहिक तालिम :
राष्ट्रिय सेवा दल जुनियर डिभिजन ५० औं ब्याचको सामुहिक तालिम :
झापा (भद्रपुर)को इस्ट पोइन्ट बोर्डिङ प्रथम, मोरङ (पथरी शनिश्चरे) को रेडस्टार मावि पब्लिक स्पीकिङमा पहिलो र सांगीतिक नृत्य प्रतियोगिता दोस्रो
पथरिशनिश्चरे समाचारदाता, पुस-५ गते
नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दल जुनियर डिभिजन ५० औं ब्याचको तालिम अन्तर्गत आयोजित विभिन्न प्रतियोगिताहरूमा रेडस्टार माध्यमिक विद्यालय सर्वोत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत भएको छ।
उक्त विद्यालयबाट एन.सी.सी. क्याडेटमा सहभागी रेडस्टार माविका छात्र छात्राहरूले पब्लिक स्पीकिङमा पहिलो, नृत्य प्रतियोगितामा दोस्रो र फुटबल प्रतियोगितामा तेस्रो स्थान हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
यसैबीच, बिहीबार साँझ मोरङको याङ्सिलामा आयोजित साङ्गीतिक नृत्य प्रतियोगितामा झापाको भद्रपुरस्थित इस्ट पोइन्ट अंग्रेजी बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको हो।
सोहि प्रतियोगितामा मोरङको पथरी शनिश्चरे-०४ को भागीरथ माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेको थियो।
त्यस्तै, राष्ट्रिय सेवा दलद्वारा सञ्चालित एनसीसी जुनियर डिभिजन ५० औँ ब्याज तालिम अन्तर्गत आयोजित छात्र फुटबल प्रतियोगितामा रेडस्टार अंग्रेजी माविका छात्रहरूको टोलीले तृतीय हासिल गरेको थियो ।
सांगीतिक कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका निमित्त कार्यकारी महानिर्देशक सहायकरथी महेशकुमार थापाको बाहुलीबाट सांस्कृतिक कार्यक्रमका विजेता प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यालयहरूलाई प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो। उक्त अवसरमा सेनानी तालिम प्रमुख अधिकृत शिव प्रताप के.सी., धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ, रेडस्टार माविका निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिना, संस्थापक तथा आई.एस.ए. कोर्डिनेटर राजु तिम्सिना,भाईस प्रिन्सिपल बसन्त मादेन, विद्यालयका संस्थापक सुजन बास्तोला, पथरी शनिश्चरे वडा नं २ का वडा सदस्य चन्द्र कुमार राई, नेपाली सेनाका तालिम प्रशिक्षक पिउठ राजु बस्नेत, लगायतको उपस्थित रहेको थियो।
हाल गत मङ्सिर १६ गते २१ दिने आवासिय तालिमका लागि एक शिक्षक प्रतिनिधि , प्रशिक्षक टोलीसहित यस रेडस्टार माध्यमिक विद्यालयबाट ३६ जना छात्र छात्रा क्याडेट त्यसतर्फ प्रस्थान गरेकाे थियाे।प्रतियोगितामा १५ बढी विद्यालयबाट सहभागी भएका एनसीसी क्याडेट विद्यार्थीहरूले आफ्ना सुन्दर नृत्यहरू प्रस्तुत गरेका थिए।
उक्त ५० औँ जुनियर डिभिजन तालिम अन्तर्गत सामूहिक तालिम आज पुस- ५ गते एक भव्य समारोहका बीच समापन हुदैंछ। सो क्रममा विभिन्न विद्यालयका छात्र छात्राहरूले ड्रिल तथा मार्च पास लगायतका क्षमता वृद्धिको प्रदर्शन गरेका छन्।
कोशी प्रदेश भित्रका हरेक १५ वटै विद्यालयका एक -एक जना समन्वय शिक्षक तथा नेपाली सेनाका तालिम प्रशिक्षकहरू सहित ५ सय ५० भन्दा बढी विद्यार्थीहरू मोरङको याङ्सिलामा पुगेका हुन्। त्यहाँ सामूहिक तालिममा उनीहरूको वृद्धि विकासको लागि विभिन्न खेलकुद प्रतियोगिता तथा तालिम सञ्चालन गरिएका छन् ।
विराटनगर जारी अन्तरविद्यालय नक आउट फुटबल प्रतियोगितामा अन्तर्गत आजको खेलबाट रेडस्टार फाइनलमा प्रवेश गरेको छ।
आज शुक्रबार मिल्स फार्क क्लब रानी, विराटनगरद्वारा आयाेजित अन्तर विद्यालय (कक्षा ११ र १२) नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलबाट रेडस्टार फुटबल टिम फाईनलमा प्रवेश गरेको हो।
प्रतियाेगिता अन्तर्गत आजको सेमिफाईनल खेलमा ब्राईट फ्युचर बाेर्डिङ स्कुल,सुन्दरहरैंचालाई ३-१ गाेल अन्तरले पराजित गर्दै फाईनलमा पुग्न सफल भएको रेडस्टार अंग्रेजी माविका निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिना जानकारी दिनुभयो। आजकाे खेलकाे “म्यान अफ दि म्याच” कक्षा १२ का विद्यार्थी साेनाम गुरुङ घोषित भएका थिए।
