विराटचोकमा जिल्ला स्तरीय तेक्वाण्दो प्रतियोगिता हुने

बिराटनगर : मोरङको विराटचोकमा दोश्रो जिल्ला स्तरीय तेक्वानन्दो प्रतियोगिता २०८१ हुने भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद”भन्ने मूल नाराका साथ राष्ट्रिय तेक्वानन्दो संघ नेपाल जिल्ला कार्यसमिति मोरङको आयोजनामा संचालन गरिन लागेको प्रतियोगिता यहि साउन १९ गते शनिबार हुनेछ।

स्थानिय स्तरमा तेक्वानन्दो खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १८ स्कुलको सहभागिता रहेको आयोजक जिल्ला कार्यसमिति मोरङका अध्यक्ष इन्द्र बहादुर तामांङले पत्रकार सम्मेलन मार्फद जानकारी दिए ।

सुन्दरहरैचा १२ मा रहेको सुबिजिमुर स्कुल खेल मैदानमा प्रतियोगिता संचालन गरिने छ । खेलमा महिला, पुरुष गरी ३५० बढी खेलाडि सहभागि हुने आयोजकले जनाएको छ । खेलकुदको मध्यमबाट मोरङलाई चिनाउन, युवाहरुलाई अनुसासीत, एकता भाव पैदा गर्न र खेल पर्यटनको बिकास गर्ने लक्ष्यको साथ प्रतियोगिताको आयोजना गर्न लागिएको बताईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *